पत्रकार विश्वकर्माको निधनबारे छानविन गर्न प्रेस काउन्सिलको माग

काठमाडौं । पत्रकार एलबी विश्वकर्माको निधनको विषयमा निजामती कर्मचारी अस्पतालले छानविन गरी दोषीलाई कारबाही गर्नुपर्ने प्रेस काउन्सिल नेपालले माग गरेको छ ।
टीभी टुडेमा कार्यरत पत्रकार एलबी विश्वकर्माको बिहीवार पाटन अस्पतालमा निधन भएको थियो ।
उपचारका लागि निजामती कर्मचारी अस्पताल पुगेका विश्वकर्मालाई थोरै पैसा अपुग भएका कारण सो अस्पतालले भर्ना नगरी पाटन अस्पताल रिफर गरेको भन्दै आफन्तजनले उनको निधनको दोष निजामती कर्मचारी अस्पताललाई दिएको समाचारहरु बाहिरिएका छन् ।
यसै सन्दर्भमा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत नेतृत्वको टोलीले शुक्रवार अस्पताल प्रशासन पुगि अस्पतालले गरेको लापरबाहीको सम्बन्धमा छानविन गरी दोषीउपर कारबाहीको माग गरेको हो ।
अध्यक्ष बस्नेतले अस्पतालले सत्यतथ्य छानविन गरी दोषिलाई कारबाही गर्नुपर्ने तथा पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने विषयमा अस्पताल प्रशासन सँग कुरा भएको बताए ।
अध्यक्ष बस्नेतले अस्पतालले के–कस्तो प्रक्रिया अगाडी बढाउँछ केही दिन पर्खने र सोही अनुसार प्रेस काउन्सिलले कदम चाल्ने बताए । अछामको रामारोशन गाउँपालिका वडा नं. ५ स्थायी घर भएका २६ वर्षिय पत्रकार एलबी विश्वकर्मा काठमाडौंमा बसी सक्रिय पत्रकारिता गरिरहेका थिए ।
















अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
निर्वाचन आयोगको ‘कल सेन्टर’मा मतदाता नामावलीसम्बन्धी जिज्ञासा धेरै
खैरो हिरोइनसहित नागढुंगाबाट एकजना पक्राउ
दैलेखमा जङ्गली बँदेलको आक्रमणबाट वृद्धको मृत्यु, दुई जना घाइते
हर्क साम्पाङविरुद्ध आयोगमा उजुरी
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
प्रतिक्रिया