केएमसी र नोबेलको समस्या तत्काल समाधान गर्ने गृहमन्त्रीको प्रतिबद्धता
केएमसी र नोवेल मेडिकल कलेजको भर्ना प्रक्रिया र पठनपाठन स्थगित गर्न सात विद्यार्थी संगठनको माग

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले केएमसी र नोबेल मेडिकल कलेजमा देखिएका समस्या तत्काल समाधान गर्ने प्रतिवद्धता जनाएका छन् ।
गृहमन्त्री खाँणले शुक्रबार पीडित विद्यार्थी र विद्यार्थी संगठनका नेताहरुसँग छलफल गरी ती मेडिकल कलेजहरुमा देखिएका समस्या समाधान तत्काल गर्ने प्रतिवद्धता जनाएका हुन् ।
उनले केएमसी र नोबेल मेडिकल कलेजमा देखिएको समस्याबारे तत्काल अनुसन्धान सुरु गर्ने र दोषीमाथि कडा कारवाही गर्ने चेतावनी समेत दिए ।
गृहमन्त्री खाँणले विद्यार्थी संगठनका नेताहरुलाई पनि सो घटनालाई लिएर उत्तेजित हुने र आवेशमा आउने काम नगर्न सचेत गराए ।
उनले संविधान र कानुनको परिधि भित्र रहेर सो कलेजमा भएको घटनाको अनुसन्धान हुने र कारबाही गर्ने बताए ।
विद्यार्थीहरुले जथाभावी शुल्क लिएको भन्दै ती दुवै कलेजको व्यवस्थापनविरुद्ध महिनौदेखि आन्दोलन गरिरहेका छन् ।
कलेज सञ्चालकले आन्दोलनरत विद्यार्थीहरुलाई एक एक गरी चेतावनी दिएपछि विद्यार्थीहरु आतंकित बनेका छन् । केएमसी सञ्चालक सुनील शर्माले ‘तिमीहरुलाई क्रान्तिकारीले पढाउँछ’ भनी विद्यार्थीलाई थर्काएको भिडियोसमेत भाइरल भएको थियो ।
यता, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पनि निजी मेडिकल कलेजहरुले दादागिरी देखाएको भन्दै उनीहरुमाथि तत्काल कारबाही गर्न गृहमन्त्री खाँण समक्ष आग्रह गरेका छन् ।
उनले केएमसी र नोबेल मेडिकल कलेजमा देखिएको समस्या तत्काल समाधान नभए निजी मेडिकल कलेजमा विद्यार्थीहरुले पढन पाउने अवस्था गुम्ने चेतावनी पनि दिए ।
कार्यक्रममा बोल्दै विद्यार्थी संगठनका नेताहरुले विद्यार्थीहरुमाथि दमन गर्ने र ठगी गर्ने निजी मेडिकल कलेजहरुलाई तत्काल कारवाही गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन् ।
नेपाल विद्यार्थी संघका सभापति राजीव ढुंगानाले विद्यार्थीहरुलाई दमन र शोषण गर्ने निजी मेडिकल कलेजहरुमाथि तत्काल कारबाही गर्न सरकारलाई दवाव दिए ।
अनेरास्ववियू (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहले गैरकानुनी ढंगले विद्यार्थीहरुमाथि चर्को शुल्क असुल गरी आतंक फैल्याउने निजी मेडिकल कलेजमाथि तत्काल कारबाही गर्न सरकारलाई सचेत गराइन् ।
उनले निजी मेडिकल कलेजहरुको विद्यार्थीमाथिको दमन आफूहरुलाई स्विकार्य नहुने चेतावनी समेत दिइन् ।
अध्यक्ष सिंहले शिक्षा र स्वास्थ्यलाई मौलिक अधिकारको रुपमा संविधानमा व्यवस्था भएपनि सोही अनुसारको व्यवस्था सरकारले गर्न नसकेको भन्दै आपत्ति जनाइन् ।
यसैबीच सात विद्यार्थी संगठनले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै कलेज प्रशासनले विद्यार्थीहरुलाई धम्की दिएको भन्दै ध्यानाकर्षण भएको जनाएका छन् ।
‘काठमाडौं मेडिकल कलेज र नोवेल मेडिकल कलेजको एमबीबीएस, बीडीएस र बीएनएसका २०२१ ब्याचका विद्यार्थीहरु कलेज प्रशासनको धम्की र अवैध करानामाका कारण असुरक्षित र भयभित भर्य गृह मन्त्रालयमा जीवन रक्षा, कलेजले गरेको ठगी र चिकित्सा शिक्षा आयोग र विश्वविद्यालयको निर्देशनको कार्यान्वयनको माग राख्न गएको प्रति संयुक्त विद्यार्थी संगठनहरुको गम्भीर ध्यानाकर्षण भएको छ ।’– विज्ञप्तिमा भनिएको छ ।
विद्यार्थीहरुको जायज मागको सम्बोधन र सबै मेडिकल कलेजका विद्यार्थीहरुको सहज पठनपाठनको वातावरण नबनेसम्म काठमाडौं मेडिकल कलेज र नोवेल मेडिकल कलेजको भर्ना प्रक्रिया र पठनपाठन स्थगित गर्न पनि सात विद्यार्थी संगठनले सरकारसँग माग गरेका छन् ।
सात विद्यार्थी संगठनको संयुक्त विज्ञप्ति











यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
आज शनिबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल
झापा महिला गोल्डकपः सङ्कटालाई हराउँदै पुलिस क्लब फाइनलमा
स्वास्थ्य परीक्षणका लागि डा. निकोलसलाई लगियो वीर अस्पताल
जसपा नेपाल छोडेका सबै नेता कार्यकर्तालाई पार्टीमा फर्किन उपेन्द्र यादवको आह्वान
आज रामकुमारी झाँक्रीले पत्रकार सम्मेलन गर्दै, एमालेमा फर्कने घोषणा
कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्कदै
यस्तो छ आगामी २४ घण्टाको मौसम पूर्वानुमान
प्रतिक्रिया