प्रदेश १ मा ११३५ मा कोरोना सङ्क्रमण

बिराटनगर । प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा एक हजार १३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
प्रदेश नं १ सामाजिक विकास मन्त्रालयका अनुसार एक हजार २३६को पीसीआर परीक्षण गर्दा ७७२ र ८९८ को एन्टिजेन परीक्षण गर्दा ३६३ जनामा सङ्क्रमण देखिएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३१६, सुनसरीमा २५७, झापामा १४२, धनकुटामा पाँच, उदयपुरमा चार, संखुवासभामा तीन, इलाम र भोजपुरमा दुई÷दुई, पाँचथर, तेहृथुम र खोटाङमा एक÷एक र प्रदेश बाहिरका ३८ मा कोरोना सङ्क्रमण भएको हो ।
मोरङको विराटनगरमा २५३, बुढीगङ्गामा १९, सुन्दरहरैचामा ११, उर्लाबारीमा सात, रङ्गेलीमा पाँच, कटहरी र स्थानीय तह नखुलेका तीन÷तीन, केराबारी, लेटाङ, धनपालथान, बेलबारी, जहदा र ग्रामथानमा दुई÷दुई, पथरीशनिश्चरे, रतुवामाई र कानेपोखरीमा एक÷एक, सुनसरीको धरानमा १३०, इटहरीमा १००, इनरुवामा १२, दुहवीमा छ, हरिनगरमा तीन, बराह क्षेत्र र बर्जुमा दुई÷दुई, गढी र रामधुनीमा एक÷एक जनामा सङ्क्रमण देखिएको छ ।
मन्त्रालयका अनुसार झापाको विर्तामोडमा ३९, भद्रपुरमा २१, मेचीनगरमा १७, अर्जुनधारामा १४, दमकमा १२, कनकाईमा १०, शिवसताक्षीमा आठ, हल्दिबारीमा पाँच, बाहृदशी र कमल गाउँपालिकामा चार÷चार, कचनकवलमा तीन, बुद्धशान्ति र स्थानीय तह नखुलेका दुई÷दुई, गौरादहमा एक, धनकुटाको धनकुटा नगरपालिका र स्थानीय तह नखुलेका दुई÷दुई, पाख्रिबासमा एक जनामा सङ्क्रमण भएको छ ।
यसैगरी उदयपुरको त्रियुगामा तीन, चौदण्डीगढीमा एक, सङ्खुवासभाको मादीमा एक र स्थानीय तह नखुलेका दुई, इलामको इलाम नगरपालिका र स्थानीय तह नखुलेका एक÷एक, भोजपुरको साल्पासिलिछो र रामप्रसाद राई गाउँपालिकामा एक÷एक, पाँचथरको फिदिम, तेहृथुमको आठराई र खोटाङको हलेसीतुवाचुङमा एक÷एक र प्रदेश बाहिरका ३८ जनामा कोरोना सङ्क्रमण भएको छ ।
प्रदेशमा शुक्रबार ३६ महिलासहित ८० कोरोना सङ्क्रमण मुक्त भएका छन् । यस क्षेत्रमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक महिलासहित तीनको मृत्यु भएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार २०४ रहेको मन्त्रालयले जनाएको छ । (रासस)
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया