स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सर्वदलीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज सर्वदलीय बैठक बोलाएका छन् । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न दिएको रायको समयसीमा गुज्रिँदै जाँदा प्रधानमन्त्रीले संसदमा प्रतिनिधित्व गर्ने दलसँग बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल गर्न लागेका हुन् ।
यसअघि शुक्रबार उच्च स्तरीय राजनीतिक समन्वय समितिको बैठक बसेको थियो । सत्ता गठबन्धनका घटक माओवादी केन्द्र र एकीकृत समाजवादी संघको निवार्चनपछि मात्र स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताइरहेका बेला प्रधानमन्त्री देउवा दबाबमा छन् ।
किनकी स्थानीय तहका निर्वाचित जनप्रतिनिधिको कार्यकाल आगामी जेठमा सकिँदै छ । त्यसअघि नै निर्वाचन गर्नु पर्ने बाध्यता रहे पनि गठबन्धनकै घटकले त्यसअघि संघको निर्वाचन गर्नु पर्ने बताएपछि कानुनी र संवैधानिक अड्चन आइलागेको छ ।
प्रमुख प्रतिपक्ष एमालेले संघको निर्वाचन पहिले कि स्थानीय तहको निर्वाचन भनेर टिप्पणी गरेको छैन । तर, स्थानीय तहको निर्वाचन वैशाखमै हुनु पर्ने अडान राख्दै आएको छ ।
सर्वदलीय बैकठमा एमालेको सहभागिताबारे अन्यौल छ । एकीकृत समाजवादी सहभागी बैठक एमालेले बहिस्कार गर्दै आएको छ ।











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया