स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सर्वदलीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज सर्वदलीय बैठक बोलाएका छन् । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न दिएको रायको समयसीमा गुज्रिँदै जाँदा प्रधानमन्त्रीले संसदमा प्रतिनिधित्व गर्ने दलसँग बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल गर्न लागेका हुन् ।
यसअघि शुक्रबार उच्च स्तरीय राजनीतिक समन्वय समितिको बैठक बसेको थियो । सत्ता गठबन्धनका घटक माओवादी केन्द्र र एकीकृत समाजवादी संघको निवार्चनपछि मात्र स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताइरहेका बेला प्रधानमन्त्री देउवा दबाबमा छन् ।
किनकी स्थानीय तहका निर्वाचित जनप्रतिनिधिको कार्यकाल आगामी जेठमा सकिँदै छ । त्यसअघि नै निर्वाचन गर्नु पर्ने बाध्यता रहे पनि गठबन्धनकै घटकले त्यसअघि संघको निर्वाचन गर्नु पर्ने बताएपछि कानुनी र संवैधानिक अड्चन आइलागेको छ ।
प्रमुख प्रतिपक्ष एमालेले संघको निर्वाचन पहिले कि स्थानीय तहको निर्वाचन भनेर टिप्पणी गरेको छैन । तर, स्थानीय तहको निर्वाचन वैशाखमै हुनु पर्ने अडान राख्दै आएको छ ।
सर्वदलीय बैकठमा एमालेको सहभागिताबारे अन्यौल छ । एकीकृत समाजवादी सहभागी बैठक एमालेले बहिस्कार गर्दै आएको छ ।
















हर्क साम्पाङले मागे बालेनको राजिनामा
यस्तो छ आज कृषिउपजको थोक मूल्य
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
राष्ट्रपतिले अध्यादेशबारे संविधानविद्हरूसँग आज ४ बजे छलफल गर्दै
अध्यादेशबारे छलफल गर्न आज पनि विपक्षी दलको बैठक बस्दै
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया