शल्यक्रिया गरेको तीन दिनपछि आमा र शिशुको मृत्यु, परिवारले शव उठाउन मानेन

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ ।
५ माघमा अप्रेशन गरेको केही समयपछि बच्चाको मृत्यु भएको थियो भने शुक्रबार राति आमाको मृत्यु भएको हो । अप्रेशन गरेको तीनपछि सिमकोट गाउँपालिका– ५ का २१ वर्षीया टिका सार्कीको मृत्यु भएको हो ।
मृतक सार्कीलाई सुत्केरी व्यथाले च्यापेपछि जिल्ला अस्पताल हुम्लामा लिएर अप्रशेन गरेर शिशुलाई जन्म दिइएको थियो । तर अप्रेशनकै कारण आमा र बच्चा दुबैको मृत्यु भएको ससुरा धनसिंह सार्कीले बताए ।
बेला बेला बुहारीले अस्पतालमा चेक गराउने गरेको र जिल्ला अस्पताल हुम्लाले पनि अवस्था सामान्य रहेको बताउँदै समयमै सुत्केरी व्यथा लागेको बुहारीलाई रिफर नगर्दा बुहारीको ज्यान गएको उनको आरोप छ ।
जिल्ला अस्पतालले भने मृतक सार्कीको फोक्सोमा श्वासप्रश्वास मात्रा कम भएर मृत्यु भएको दाबी गरेको छ । शल्यक्रिया गरेको दुई दिनसम्म सार्कीको स्वास्थ्यमा उल्लेखनीय सुधार भए पनि शुक्रबार साँझ अचानक स्वास्थ्यमा समस्या देखिएको थियो ।
सार्कीले स्वास्थ्यमा समस्या देखिएको भनेपछि जिल्ला अस्पतालले उद्धारको लागि हेलिकोप्टर मगाएको थियो । तर राती भएकाले शनिबार विहान हेलिकोप्ट उद्धारका लागि स्ट्याण्ड बाई बसे पनि राति नै मृत्यु भएको जिल्ला अस्पतालले जानकारी दिएको छ ।
जुम्ला कोटीलाकी टीका सार्कीले एक वर्ष अगाडि हुम्लामा विवाह गरेकी थिइन् । माइत पक्षले मृतक सार्कीको शव उठाउन नदिएपछि अहिले जिल्ला अस्पतालमै रहेको छ ।
माइती पक्षले के कति कारणले मृत्यु भएको हो सत्य तथ्य पत्ता नलाग्दासम्म शव उठाउन नदिएर पोष्टमार्टम नभएको र परिवारले शव पनि बुझ्न नमानेको जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम सिंहले बताए ।
यसअघि ३० पुसमा जिल्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिका– ६ का गौगरा बत्यालको सुत्केरी भएको पाँच मिनेट पछि मृत्यु भएको थियो । यहाँका महिलाहरुले उपचारको अभावमा कलिलै उमेरमा ज्यान गुमाउनु परिहेको छ । भौगोलिक विकटताले कयौ महिलाले ज्यान गुनाउने गरेका छन् ।
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया