वैकल्पिक विधिबाट पठनपाठन गर्न महानगरको निर्देशन

काठमाडौं । कोरोना भाइरस संक्रमण तीव्र रूपमा बढिरहेकाले तत्काल वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न काठमाडौं महानगरपालिकाले निर्देशन दिएको छ ।
कोरोनका कारण विद्यालय बन्द गर्न सरकारले निर्देशन दिइसक्दा पनि केही विद्यालयले पठनपाठन जारी नै राखेपछि महानगर शिक्षा शाखाले वैकल्पिक विधिबाट पठनपाठन गर्न निर्देशन दिएको हो ।
पुनःनिर्देशनको बेवास्ता गरी विद्यार्थीको भौतिक सहभागितामा गतिविधि अघि बढाए कारबाही गरिने पनि महानगरले चेतावनी दिएको छ ।
केही निजी विद्यालयले भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गर्दै आएका छन् ।
कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर तीव्र रूपमा बढिरहेको भन्दै सरकारले गत पुस २७ गतेदेखि भौतिक उपस्थितमा कक्षा सञ्चालनमा रोक लगाएको थियो ।
पछिल्लो समय सबैभन्दा बढी काठमाडौं उपत्यका कोरोना भाइरस सङ्क्रमणको फैलिएको छ । संक्रमण तीब्र भएपछि विश्वविद्यालयले समेत आफ्ना परीक्षाहरु स्थगित गरिसकेको छ ।
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया