वैकल्पिक विधिबाट पठनपाठन गर्न महानगरको निर्देशन

काठमाडौं । कोरोना भाइरस संक्रमण तीव्र रूपमा बढिरहेकाले तत्काल वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न काठमाडौं महानगरपालिकाले निर्देशन दिएको छ ।
कोरोनका कारण विद्यालय बन्द गर्न सरकारले निर्देशन दिइसक्दा पनि केही विद्यालयले पठनपाठन जारी नै राखेपछि महानगर शिक्षा शाखाले वैकल्पिक विधिबाट पठनपाठन गर्न निर्देशन दिएको हो ।
पुनःनिर्देशनको बेवास्ता गरी विद्यार्थीको भौतिक सहभागितामा गतिविधि अघि बढाए कारबाही गरिने पनि महानगरले चेतावनी दिएको छ ।
केही निजी विद्यालयले भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गर्दै आएका छन् ।
कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर तीव्र रूपमा बढिरहेको भन्दै सरकारले गत पुस २७ गतेदेखि भौतिक उपस्थितमा कक्षा सञ्चालनमा रोक लगाएको थियो ।
पछिल्लो समय सबैभन्दा बढी काठमाडौं उपत्यका कोरोना भाइरस सङ्क्रमणको फैलिएको छ । संक्रमण तीब्र भएपछि विश्वविद्यालयले समेत आफ्ना परीक्षाहरु स्थगित गरिसकेको छ ।
















गफ दिनेलाई सम्मान गरेर देश बन्दैन : हर्क साम्पाङ
मन्त्रिपरिषद् बैठक बालुवाटारमा जारी
HoR election: 12 former ministers in fray in Sudurpaschim Province
कांग्रेस सभापति गगन थापा सर्लाहीमा
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
राष्ट्रिय लिग फुटबलः सातदोबाटोको पहिलो जित
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
प्रतिक्रिया