क्रान्तिकारी पत्रकार महासंघ अर्घाखाँचीको संयोजकमा दीपेन्द्र सुनार चुनिए
मेरोन्यूज
२०७८ माघ ८ गते २०:२१

अर्घाखाँची । क्रान्तिकारी पत्रकार महासंघ अर्घाखाँचीको संयोजकमा दीपेन्द्र सुनार चुनिएका छन् ।
मालारानी गाउपालिका– ६ मा शनिवार सम्पन्न जिल्ला भेलाले दीपेन्द्र सुनारको संयोजकत्वमा ५ सदस्यीय जिल्ला समिति चयन गरेको छ ।
समितिको सदस्यहरुमा भगवता अधिकारी, दीपक थापा, अनिता झाँक्रीमगर, निर्मला खनाल र केशब खनाल चुनिएका छन् ।
कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) पोलिटब्युरो सदस्य एवं प्रदेश सचिव भुपेन्द न्यौपाने, जिल्ला इन्चार्ज टिकाराम पौडेललगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा पार्टी जिल्ला सचिब टकमान राउत, नव बहादुर घम, अखिल क्रान्तिकारीका प्रदेश मनोज थापा, देजमो जिल्ला अध्यक्ष अशोक थापालगायतले नवगठित कार्य समितिलाई शुभकामना दिएका थिए ।
सम्बन्धित
















पूर्वी लिबियामा डुङ्गा दुर्घटना,१७ जनाको मृत्यु, ७ जनाको उद्धार
दक्षिण कोरियामा नेपाली चिया प्रवर्दन कार्यक्रम
ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन
सुनचाँदीको मूल्यमा केही गिरावट
इरानमाथि जारी अमेरिकी नौसैनिक नाकाबन्दी महिनौँसम्म लम्बिन सक्ने सङ्केत
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया