पाल्पामा अत्यावश्यक सेवा मात्रै संचालन
मेरोन्यूज
२०७८ माघ ९ गते ८:३५

काठमाडौँ । जिल्ला प्रशासन कार्यालयले पाल्पाले अत्यावश्यक सेवा मात्रै संचालन गर्न आग्रह गरेको छ । कार्यालयमा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि अर्को सूचना जारी नहुँदासम्म अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी जगन्ननाथ पन्तका अनुसार आजदेखि शान्ति सुरक्षाका मुद्दा, फोटोसहितको मतदाता नामावली संकलन र नागरिकता प्रमाणपत्रबाहेकको अन्य सबै सेवा स्थगन गरिएको छ । पछिल्लो समय जिल्लामा संक्रमण बढेको छ । पछिल्लो सयम सरकारी कार्यालयमा अत्यावश्यकभन्दा सामान्य काममा भीडभाड बढेको थियो ।
सेवाग्राहीले अत्यावश्यक सेवामा आउँदा अनिवार्य रूपमा कोरोनाविरुद्धको खोप लगाएको कार्ड देखाउनु पर्ने, मास्क लगाउनु पर्ने व्यवस्था गरिएको छ । जिप्रकाले कोरोना संक्रमण तथा नियन्त्रणका लागि १९ बुँदे आदेश जारी गरेको छ ।
सम्बन्धित
















गफ दिनेलाई सम्मान गरेर देश बन्दैन : हर्क साम्पाङ
मन्त्रिपरिषद् बैठक बालुवाटारमा जारी
HoR election: 12 former ministers in fray in Sudurpaschim Province
कांग्रेस सभापति गगन थापा सर्लाहीमा
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
राष्ट्रिय लिग फुटबलः सातदोबाटोको पहिलो जित
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
प्रतिक्रिया