प्रचण्ड पत्नी सीता दाहाललाई कोरोना पुष्टि, तीन दिनदेखि अस्पतालमा भर्ना
मेरोन्यूज
२०७८ माघ ९ गते १२:३७

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाललाई कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ ।
कोरोना संक्रमण देखिएपछि तीन दिनअघि उनलाई ललितपुरको मेडिसेटी अस्पताल भर्ना गरिएको छोरी गंगा दाहालले जानकारी दिइन् । चिकित्सकका अनुसार सीताको स्वास्थ्य अवस्था सुधारोन्मुख छ । केही दिन अस्पतालमै राखेर उपचार गर्नु पर्ने गंगाको भनाई छ ।
केही समयअघि मात्र प्रचण्डलाई कोरोना संक्रमण भएको थियो । उनलाई नेगेटिभ आएलगत्तै सीतालाई पोजेटिभ देखिएको हो ।
सीता दाहाल लामो समयदेखि दुर्लभ पार्किसन्स रोगबाट पीडित छिन् । उनको अमेरिका, भारतलगायत विभिन्न देशका अस्पतालमा उपचार हुन नसकेपछि घरमै स्वास्थ्यलाभ गरिरहेकी छन् ।
सम्बन्धित
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया