बुधबार, पुष ३०, २०८२

पत्रकार विश्वकर्माको मृत्युबारे छानबिन गर्न समिति गठन

मेरोन्यूज २०७८ माघ ९ गते १३:३३

काठमाडौँ । पत्रकार एलबी विश्वकर्माको मृत्युको विषयलाई लिएर छानबिन समिति गठन भएको छ । छानबिन गर्नका लागि सिभिल अस्पतालले समिति गठन गरेको हो ।

पत्रकार महासंघले निजामति कर्मचारी अस्पताललाई छानबिन गर्नका लागि आग्रह गरेको थियो । सोही आग्रहमा सिभिल अस्पतालले आइतबार समिति गठन गरेको हो ।

समितिमा सिभिल अस्पतालका इमर्जेन्सी विभागका प्रमुख प्रा. डा. दिनेशकुमार लम्सालको संयोजकतत्व रहेको छ । समितिमा अस्पतालका प्रशासन शाखाका उपसचिव कृष्ण सापकोटा, शाखा अधिकृत भेष राज घिमिरे र क्यास काउन्टरका इञ्चार्ज भेषबहादुर बस्नेत रहेका छन् ।

घटनाबारे पत्रकार महासंघले छुट्टै छानबिन समिति गठन गरी अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया