जाडोमा भाइरसजन्य संक्रमणको जोखिम उच्च, सचेत हुन चिकित्सकहरुको सुझाव

काठमाडौं । पछिल्लो केही दिन यता काठमाडौं उपत्यका सहित देशैभर जाडो बढेको छ । जाडो समयमा भाइरलजन्य रुघाखोकी, ज्वरो,निमोनिया र श्वासप्रश्वास सम्बन्धी समस्या बढी देखिने चिकित्सकहरु बताउँछन् ।
सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनले चिसो मौसममा कोरोनाको जोखिम बढ्ने देखिएको बताए । उनका अनुसार चिसो मौसममा भाइरल इन्फेक्सन बढ्ने भएकाले कोरोनाको जोखिम पनि बढ्न सक्ने हुन्छ ।
उनले भाइरसको प्रकृति, देखिइरहेको अवस्थालाई हेर्दा कोरोनाको जोखिम बढ्न सक्ने बताए ।
‘चिसो तथा सुख्खा मौसममा भाइरस सक्रिय हुन्छन् चिसोमा कोरोनाको जोखिम बढ्छ भन्ने यकिन त छैन, तर यसको सम्भावनालाई नकार्न पनि सकिँदैन,’ उनले भने ।
चिसोका कारण भाइरल ज्वरो, रुघाखोकी, निमोनिया, श्वासप्रश्वास सम्बन्धी समस्या तत्काल देखापरे उपचारको आवश्यक पर्ने उनको सुझाव छ ।
बढ्दो चिसाले विशेषगरी बालबालिका, दीर्घरोगी,रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई सताउँने चिकित्सकहरुको भनाई छ ।
त्यसैगरी, सरुवा रोग विशेषज्ञ डा अनुप सुवेदीले चिसोमा रुघाखोकीको समस्या बढ्नुका साथै भाइरस पनि लामो समयसम्म जीवित रहने बताउँछन् । उनका अनुसार जाडोमा भाइरस लामो समयसम्म जिवित रहने हुदाँ संक्रमणको जोखिम बढ्न सक्ने देखिन्छ ।
सरुवा रोग विशेषज्ञ डा.अनुप बाँस्तोलाले चिसोमा भाइरस सक्रिय हुन्छ र भाइरल लोड पनि बढ्ने बताउँछन् । उनका अनुसार जाडोमा अधिकांश व्यक्तिहरु कोठामा गुम्सिएर बस्छन्। कोठामा गुम्सिएर बस्दा संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलन सक्ने खतरा अझ बढ्छ ।
चिसोमै नाक, मुख र घाँटीका कोषिकाहरु पनि सुख्खा हुन्छ । यी सब कारण भाइरसको संक्रमण फैलने जोखिम पनि बढ्ने उनले बताए ।
‘झ्याल ढोका बन्द गरे कोठामा हावा नछिर्ने गरी गुम्म भएर बस्ने गर्छन् यदि त्यहाँ कसैलाई कोरोना संक्रमण छ भने गुम्सिएर बस्दा पनि कोरोना संक्रमण फैलन सक्छ,’उनले भने ,‘चिसो मौसममा रोग प्रतिरोधात्मक क्षमता पनि घट्ने गर्छ ।’
उनका अनुसार चिसोमा अन्य भाइरल संक्रमण, मौसमी रुघाखोकी, ब्याक्टेरियल संक्रमण, निमोनियाको जोखिम हुने भएकाले जटिलता थप्ने काम गर्ने छ ।











सर्वपक्षीय बैठकपछि चुनावको माहोल बनेको छः सञ्चारमन्त्री खरेल
राप्रपाले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
गाँजा कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, २ जना भारतीय नागरिक पक्राउ
सञ्चारमन्त्री खरेल पोखरामा
फेरि महामन्त्रीमै चुनाव लड्ने प्रदीप पौडेलको घोषणा
राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
जेनजी आन्दोलनको ‘म्याण्डेट’ नभुलौँ : महासचिव चन्द
बालेनलाई भेट्न पुगे बाबुराम भट्टराई
प्रतिक्रिया