मधेस प्रदेशले ‘चुच्चे नक्सा’ हालेर राजपत्र सच्चायो

काठमाडौं । तत्कालीन प्रदेश २ को नाम परिवर्तन भई मधेस भएको जानकारी दिन जारी राजपत्रमा नेपालको ‘चुच्चे नक्सा’ नसमेटिएको विषय सार्वजनिक भएपछि पुनः सच्चाइएको छ ।
मधेस प्रदेशका महान्यायाधिवक्ता दिपेन्द्र झाले ‘भूलवश हुन गएको प्रावधिक त्रुट िसच्याइएको जानकारीसहित मन्त्रालयले पुनः राजपत्र छापेको’ जानकारी दिएका छन् ।
गत ३ माघमा प्रदेश २ को प्रदेशसभाले नाम परिवर्तन गरी मधेस प्रदेश कायम गरेको थियो । सो बारे जानकारी दिने भन्दै प्रदेश सरकारले शुक्रबार राजपत्रमा प्रकाशित गरेको थियो, जसको सार्वजनिक सामाजिक सञ्जालमार्फत झाले गरेका थिए ।
पहिलो प्रकाशित राजपत्रमा सार्वभौम संघीय संसदले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा जारी गरेको दुई वर्ष बितेको अवस्थामा पनि मधेस प्रदेशले पुरानै नक्सा राखेर राजपत्र प्रकाशित गरेपछि आलोचना भएको थियो ।
यसअघिको समाचार
मधेस प्रदेशले राजपत्रमा ‘चुच्चे नक्सा’ हटायो











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया