शुक्रबार, पुष ११, २०८२

आजबाट राष्ट्रियसभा निर्वाचनको मौन अवधि सुरु

मेरोन्यूज २०७८ माघ ९ गते १६:३५

काठमाडौं । राष्ट्रियसभा निर्वाचन अन्तर्गत आज (आइतबार) राती १२ बजेबाट मौनावधि शुरु हुने भएको छ ।

निर्वाचन आयोगले माघ १२ गते हुने राष्ट्रियसभाको निर्वाचनको लागि आईतबार राती १२ बजेबाट मौनावधि शुरु हुने जानकारी गराएको हो ।

मौनावधि एउटा नैतिक बन्धन र कानूनी हतियार भएकोले आयोगले निर्वाचनको आचारसंहिता सार्वजनिक गरेको निर्वाचन आयोगका सहसचिव तथा सहप्रवक्ता कोमलप्रसाद धमलाले बताए ।

उनले यस समयमा निर्वाचनको मतदान हुने तीन सय वरपरको स्थानमा भएका पर्चा, पम्प्लेट र पोस्टरहरु हटाइनु पर्ने बताए ।

सहसचिव धमलाले आजबाट विभिन्न सामाजिक सञ्जालबाट प्रचारप्रसार एवं प्रकाशनका कामहरु गर्न बन्द भएको बताए । उनले राष्ट्रियसभा निर्वाचनको लागि आवश्यक सम्पूर्ण तयारी सकिसकेको बताए ।

सहसचिव धमलाले राष्ट्रियसभाको निर्वाचनमा आयोगले निर्देशित गरेका २१ बूँदे स्वास्थ्यका मापदण्डको पूर्ण पालना गरिने र निर्वाचन अनुशासित र सुव्यवस्थित ढंगले सम्पन्न हुने बताए ।

प्रतिक्रिया