आजबाट राष्ट्रियसभा निर्वाचनको मौन अवधि सुरु

काठमाडौं । राष्ट्रियसभा निर्वाचन अन्तर्गत आज (आइतबार) राती १२ बजेबाट मौनावधि शुरु हुने भएको छ ।
निर्वाचन आयोगले माघ १२ गते हुने राष्ट्रियसभाको निर्वाचनको लागि आईतबार राती १२ बजेबाट मौनावधि शुरु हुने जानकारी गराएको हो ।
मौनावधि एउटा नैतिक बन्धन र कानूनी हतियार भएकोले आयोगले निर्वाचनको आचारसंहिता सार्वजनिक गरेको निर्वाचन आयोगका सहसचिव तथा सहप्रवक्ता कोमलप्रसाद धमलाले बताए ।
उनले यस समयमा निर्वाचनको मतदान हुने तीन सय वरपरको स्थानमा भएका पर्चा, पम्प्लेट र पोस्टरहरु हटाइनु पर्ने बताए ।
सहसचिव धमलाले आजबाट विभिन्न सामाजिक सञ्जालबाट प्रचारप्रसार एवं प्रकाशनका कामहरु गर्न बन्द भएको बताए । उनले राष्ट्रियसभा निर्वाचनको लागि आवश्यक सम्पूर्ण तयारी सकिसकेको बताए ।
सहसचिव धमलाले राष्ट्रियसभाको निर्वाचनमा आयोगले निर्देशित गरेका २१ बूँदे स्वास्थ्यका मापदण्डको पूर्ण पालना गरिने र निर्वाचन अनुशासित र सुव्यवस्थित ढंगले सम्पन्न हुने बताए ।
















अफगानिस्तानको सुन खानीमा विस्पोट, पाँच जनाको मृत्यु
पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र
झापामा विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
बाजुरामा चट्याङ लागेर ३९ भेडाबाख्रा मरे
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
प्रतिक्रिया