स्वास्थ्यकर्मी सङ्क्रमित भएपछि बेनी अस्पतालको सेवा पनि प्रभावित

काठमाडौं । चिकित्सक र स्वास्थ्यकर्मी कोरोना भाइरस सङ्क्रमित भएपछि म्याग्दीको सदरमुकामस्थित बेनी अस्पतालको सेवा पनि प्रभावित भएको छ ।
चिकित्सक र स्वास्थ्यकर्मी कोरोना भाइरसबाट सङ्क्रमित भएको अस्पतालमा भिड व्यवस्थापन गर्न आइतबारदेखि माघ १५ गतेसम्म सेवा बन्द गरेको हो ।
अस्पतालमा कार्यरत २३ जना चिकित्सक र स्वास्थ्यकर्मी कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि आइसोलेसनमा बसेका छन् ।
बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले एक हप्ताका लागि फिबर क्लिनिक (ज्वरोका बिरामी) र आकस्मिक बाहेकका सेवा बन्द गरिएको जानकारी दिए । ‘जनशक्ति व्यवस्थापन र भीड बढेकाले एक हप्ताका लागि ओपिडी सेवा बन्द गरेका हौँ’, उनले भने, ‘आकस्मिक र ज्वरोका बिरामीको उपचारलाई भने निरन्तरता दिएका छौँ ।’
पचास शय्या क्षमताको बेनी अस्पतालले हाल ६४ शय्या बराबरको सेवा दिइरहेको छ । कोरोना सङ्क्रमितको उपचारका लागि २० शय्या क्षमताको एचडियुसहितको आइसोलेसन सञ्चालन गरेको छ । म्याग्दीका साथै पर्वतको जलजला गाउँपालिकाका दैनिक १०० जनाले सेवा लिने गरेका छन् ।
म्याग्दीमा हाल कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या १५० जनाभन्दा बढी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । शिक्षक र विद्यार्थीहरुमा कोरोना सङ्क्रमण देखिन थालेपछि माघ ५ देखि १५ गतेसम्मका लागि जिल्लाभरका विद्यालय बन्द भएका छन् ।
रघुगङ्गा गाउँपालिकाको कार्यालयको अत्यावश्यक बाहेकको सेवा माघ १२ गतेसम्मका लागि बन्द भएको छ । प्राकृतिक तातोपानीका कुण्ड र धार्मिकस्थलहरु माघ महिनाभरका लागि बन्द भएको छ । जिल्ला प्रशासन कार्यालयले पालिकाअनुसार आलोपालो गरेर सेवा दिन थालेको छ ।
सहायक प्रजिअ धिरेन्द्रराज पन्तले कोरोना सङ्क्रमण नियन्त्रणका लागि भीडभाड हुन नदिनका लागि अत्यावश्यक सेवाबाहेक नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, नाबालक परिचयपत्र, सङ्घसंस्थालगायत विविध सिफारिससम्बन्धी सेवाका लागि पालो लगाइएको बताए ।
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया