कोरोनाले कुन कुन अस्पतालका सेवा प्रभावित ?

काठमाडौं । केही दिनयतादेखि बढ्दो कोरोना संक्रमणले स्वास्थ्यकर्मीहरु नै प्रभावित भएपछि अस्पतालका सेवाहरु प्रभावित भएका छन् ।
स्वास्थ्यकर्मीहरु नै संक्रमित भएपछि देशका विभिन्न अस्पतालका सेवाहरु बन्द भएका छन् ।
स्वास्थ्यकर्मी नै संक्रमित भएको भन्दै नवलपुरको मध्यबिन्दु जिल्ला अस्पताल, हुम्लाको हुम्ला जिल्ला अस्पतालले आकस्मिक सेवा बन्द गरेको छ ।
काठमाडौंको टेकु अस्पतालका ५० भन्दा बढी स्वास्थ्यकर्मी संक्रमित भएपछि कोरोना परीक्षण कार्य रोकिएको छ ।
शुक्रबार तनहुँका भिमाद नगरपालिका–६ स्थित भिमाद प्राथमिक स्वास्थ्य चौकीका १७ जनालाई कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्य केन्द्रको सेवा प्रभावित भएको छ ।
कोरोनाकै कारण तनहुँकै आँबुखैरेनीको सेवा पनि बन्द भइको छ ।
यसैगरी, शुक्लागण्डकीका ११ कर्मचारी पनि संक्रमित भएका छन् । कर्मचारी र जनप्रतिनिधिलाई कोरोना संक्रमण पुष्टि भएपछि आँबुखैरेनी गाउँपालिकाको कार्यालयबाट प्रवाह गर्ने सेवा बन्द भएको छ ।
यस्तै, जाजरकोटमा पनि स्वास्थ्य सेवा कार्यालयका प्रमुखसहित १५ जना स्वास्थ्यकर्मीमा कोभिड संक्रमित भएपछि सेवा प्रवाहमा समस्या भएको छ ।
यस्तै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ३० स्वास्थ्यकर्मीमा कोरोना देखिएको छ ।
अस्पतालका निर्देशक डा. राजीव शाहसहित ३० जनामा संक्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका अहिलेसम्म ५२ जनालाई संक्रमण भइसकेको छ ।
यता, कर्मचारी संक्रमित भएपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको सेवा एक साताका लागि स्थगित गरिएको छ ।
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया