ठगी मुद्दामा साङ्ग्रिला डेभलपमेण्ट बैंकका म्यानेजर समातिए

काठमाडौं । साङ्ग्रिला डेभलपमेण्ट बैंकका म्यानेजर ठगी मुद्दामा समातिएका छन् ।
जिल्ला प्रहरी कार्यालय दाङले अनुसन्धानका क्रममा घोराहीको मनटावरमा रहेको साङ्ग्रिला डेभलपमेण्ट बैंकका म्यानेजर सुदर्शन विष्टलाई पक्राउ गरेको हो ।
५० लाख ठगीमा पक्राउ परेका दाङ घोराहीका विकास पुनको मुद्दामा विष्ट पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले शाखा कार्यालयबाटै म्यानेजर विष्टलाई पक्राउ गरेको हो ।
ठगी मुद्दामा समातिएका पुनको पैसा आदानप्रदान गर्ने कार्यमा विष्टले सघाउ पु¥याएको अनुसन्धानको क्रममा देखिएकाले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।
काठमाडौंको सुनधारा क्षेत्रबाट पक्राउ परेका पुनलाई उनकै गाडीमा प्रहरीले जिल्ला पुर्याएको थियो ।
कपिलवस्तु जिल्लाको बाणगंगा ४ का तिलक थापाले दिएको ठगी मुद्दाको जाहेरीका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पुनलाई काठमाडौँमा पक्राउ गरेको थियो ।
















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईसँगको खेलमा नेपाल पराजित
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया