बुधबार, वैशाख २३, २०८३

कोशी पुलदेखि मेचीपुलसम्म र विराटनगरको रानीदेखि धरानसम्म सिसी क्यामेरा जडान

मेरोन्यूज २०७८ माघ १० गते ११:५५

विराटनगर। प्रदेश नं १ सरकारले कोशी पुलदेखि मेचीपुलसम्म र विराटनगरको रानीदेखि धरानसम्म सीसी क्यामेरा जडान गर्ने भएको छ ।

Advertisement
NiccNicc

प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले आज सञ्चारकर्मीसँग कुरा गर्दै शान्ति सुरक्षालाई ध्यानमा राखी ती स्थानका मुख्य राजमार्ग क्षेत्रमा सीसी क्यामेरा जडान गर्न लागिएको जानकारी दिए । उनले भने ,’सीसी क्यामेरा जडान गर्नका लागि आवश्यक बजेट विनियोजन गरिएको छ । शान्ति सुरक्षामा प्रविधिको अत्यधिक प्रयोगबाट अपराध नियन्त्रण गरिने छ ।’

शान्ति सुरक्षाको दृष्टिकोणमा सरकार नागरिकसँगै छ भन्ने अनुभूति गर्नका लागि वैज्ञानिक ढङ्गले काम गरिरहेको उनले बताए । उनले भने, ‘प्रदेशको राजधानीलाई हामीले प्रविधिमैत्री निगरानीमा राख्ने गरी हामीले काम गरिरहेका छौँ ।’

प्रदेश सरकारले १४ जिल्लामा गरिब, असक्त, महिला आदिलाई लक्षित गरेर निःशुल्क कानुनी सहायता केन्द्र स्थापना गरिने जानकारी दिँदै उनले आन्तरिक मामिला तथा कानुन मन्त्रालय हो भनेर देखिने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री कार्कीले केही महिनाभित्रै प्रदेशका अदालत तथा बारलाई प्रदेश सरकारले निर्माण गरेको ऐन कानुन उपलब्ध गराउने जानकारी दिए । रासस

प्रतिक्रिया