बुधबार, पुष ३०, २०८२

काठमाडौंमा विशेष परिस्थितिबाहेक मापसे ‘चेकिङ’ नहुने

मेरोन्यूज २०७८ माघ १० गते १४:१४

काठमाडौं । काठमाडौं उपत्यकामा विशेष परिस्थितीबाहेक मापद पदार्थ सेवन ‘मापसे’ परीक्षण रोकिएको छ । पछिल्लो समय उपत्यकामा संक्रमण बढ्दै गएको छ ।

संक्रमणको थप जोखिम बढ्नसक्ने भन्दै तत्कालका लागि मापसे परीक्षण रोकिएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।
महाशाखाका प्रमुख एसएसपी उमेशराज जोशीले उपत्यकामा कार्यरत ७० भन्दाबढी ट्राफिक प्रहरीमा समेत कोरोना संक्रमण देखिएको जानकारी दिए ।

‘जोखिम बढेकाले पहिलेजस्तो हुँदैन तर मापसे जाँचै नगर्ने भन्ने होइन ’ उनलेभने,‘ सुरक्षा जोखिम देखिएमा भने जाँच हुन्छ । ’

पछिल्लो समय यातायतमा लागु भएको जोर–बिजोर प्रणालीमा पनि निगरानी गरिरहेको उनले बताए । उनले नियम उल्ङ्घन गर्नेलाई जरिबानाभन्दा पनि सम्झाई बुझाई छाड्ने गरेको बताए ।

प्रतिक्रिया