साताको दोस्रो दिन शेयर बजारमा उच्च गिरावट
मेरोन्यूज
२०७८ माघ १० गते १५:३४
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको दोस्रो दिन सोमबार पनि शेयर कारोबारमा उच्च गिरावट आएको छ ।
सोमवार नेप्से १००.१० अंकले घटेर दुई हजार ८ सय २० दशमलव ४१ विन्दुमा रोकिएको हो ।
त्यस्तै, सोमवार ८ अर्ब ८८ करोड ८५ लाख बराबरको कारोबार भएको छ ।
सोमवार वीन नेपाल लघुवित्त वित्तीय संस्था र बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।
त्यस्तै, कर्णाली डेभलपमेन्ट बैंक, माउन्टेन हाइड्रो नेपाल, आशा लघुवित्त वित्तीय संस्था र ओरियन्टल होटल नेपालको शेयरमूल्यमा भने सर्वाधिक गिरावट आएको छ ।
सोमवार सबैभन्दा बढी अपी पावर कम्पनीको ३८ करोड ३४ लाख भन्दा बढीको कारोबार भएको छ ।
सम्बन्धित
प्रतिक्रिया