काेराेना कहर
आज पनि थपिए १० हजार ३१९ जना नयाँ संक्रमित
मेरोन्यूज
२०७८ माघ १० गते १६:३३

काठमाडौं । आइतबार कोरोना संक्रमण घटेको नेपालमा आज पुनः संक्रमित थपिएका छन् ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १० हजार ३१९ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा पीसीआर परिक्षण गर्दा ८ हजार ५४ जना र एन्टिजन बिधिबाट परिक्षण गर्दा २२६५ जना गरि जम्मा १० हजार ३१९ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट चार जनाको मृत्यु भएको छ ।
योसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६५९ पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा २५४० जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ८९.७ प्रतिशत रहेको छ ।
यो पनि
सम्बन्धित
















मध्यपूर्व युद्ध अन्त्य गर्न चीनको आह्वान
वर्षासँगै घट्यो उपत्यकाको प्रदूषण
लागूऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
भारतीय केरा आयात रोकिँदा नेपाली केराले मूल्य पाउन थाले
इरानको एक सपिङ सेन्टरमा आगलागी हुँदा ८ जनाको मृत्यु
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया