शेखर समूहको निष्कर्ष : गठबन्धनलाई लिएर चुनावमा जानु हुँदैन

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सत्तारूढ गठबन्धनसँग मिलेर चुनाव जाने तयारी गरिरहेको भन्दै कांग्रेसका संस्थापनइतर समूहले आक्रोशित बनेको छ ।
सोमबार शेखर कोइराला समुहले गरेको भर्चुअल बैठकमा चुनावजस्तो विषयमा पार्टीभित्र छलफलै नगरी सभापति देउवा अघि बढेको निषकर्ष निकालेको छ । बैठकमा सहभागी एक नेताले भने,‘कांग्रेस एक्लै चुनावमा जान सक्नुपर्छ, यो गठबन्धनलाई लिएर जान सकिँदैन ।’
चुनावजस्तो विषयमा पार्टीभित्र छलफलै नगरी सभापति देउवा अघि बढेको भन्दै बैठकमा नेतालहरुले आक्रोस व्यक्त गरेका ति नेताले बताए ।
स्थानीय तहको निर्वाचन वैशाखभित्रै हुनुपर्नेमा इतर समुहको जोड छ ।
उक्त भर्चुअल बैठकमा महामन्त्री गगन थापासहित केन्द्रीय सदस्यद्य अर्जुननरसिंह केसी र बलबहादुर केसी , मिनेन्द्र रिजाल,चन्द्र भण्डारी र रामशरण महत थिए। उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीद्धय बन्द्री पाण्डे र जीवन परियार राष्ट्रिय सभा चुनावको तयारीका लागि बाहिर रहेकोले छलफलमा सहभागी नरहेका ति नेताले बताए ।
















राष्ट्रपतिले अध्यादेशबारे संविधानविद्हरूसँग आज ४ बजे छलफल गर्दै
अध्यादेशबारे छलफल गर्न आज पनि विपक्षी दलको बैठक बस्दै
चौतर्फी बिरोधपछि अध्यादेशबारे सरकारको प्रष्टिकरण
पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली
तीन सय वर्ष पुरानो हनुमान नाच, २१ महिनापछि समापन गरियो
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया