गठबन्धनको तालमा देउवा, कांग्रेसमा कचिंगल

काठमाडौं । पाँच दलीय गठबन्धनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बने ।
उनको प्रधानमन्त्रीको पद पनि गठबन्धनमै निर्भर छ । त्यसैले प्रधानमन्त्री देउवाले गठबन्धनको सुझावलाई नकार्न सकिरहेका छैनन् । तर, गठबन्धनको सुझाव मान्दा देउवालाई आफ्नै पार्टीबाट समस्या देखिएको छ ।
पछिल्लो पटक पाँच दलीय सत्ता गठबन्धनको बैठकले बैशाखमा निर्वाचन नगरी असोजपछि गर्ने सहमति गरेका छन् । सोमवार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले वैशाखमा निर्वाचन गर्ने भनी गरेको सहमतिको कुरा बाहिरिएपछि सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसभित्रै कचिंगल शुरु भएको छ ।
गठबन्धनमा स्थानीय तहको निर्वाचन बैशाखमा नगर्ने निर्णय भएको भए पनि आफूहरुलाई मान्य नहुने कांग्रेस महामन्त्री गगन थापाले बताएका छन् । निर्वाचन भएको पाँच वर्षपछि स्थानीय तहमा रिक्तता हुने गरी जाने कुरा स्वीकार्य नहुने उनले बताए ।
कांग्रेस महामन्त्री थापाले निर्वाचनका सन्दर्भमा तत्काल केन्द्रीय कार्यसमिति बैठक बोलाउनुपर्ने पनि राय दिएका छन् ।
कांग्रेसका संस्थापन इतर पक्षका नेताहरुले पनि वैशाखमै स्थानीय तहको निर्वाचन हुनुपर्नेमा जोड दिएका छन् । समयमा निर्वाचन गर्न नसकिए सरकारको असफलता सिद्ध हुने भन्दै उनीहरु बैशाखमै स्थानीय तहको निर्वाचन हुनुपर्नेमा जोड दिएका छन् ।
यो पनि पढ्नुस्
शेखर समूहको निष्कर्ष : गठबन्धनलाई लिएर चुनावमा जानु हुँदैन
















चौतर्फी बिरोधपछि अध्यादेशबारे सरकारको प्रष्टिकरण
पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली
तीन सय वर्ष पुरानो हनुमान नाच, २१ महिनापछि समापन गरियो
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा तातो दिन, अन्य प्रदेशमा बादल लाग्ने
प्रतिक्रिया