गठबन्धनको तालमा देउवा, कांग्रेसमा कचिंगल

काठमाडौं । पाँच दलीय गठबन्धनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बने ।
उनको प्रधानमन्त्रीको पद पनि गठबन्धनमै निर्भर छ । त्यसैले प्रधानमन्त्री देउवाले गठबन्धनको सुझावलाई नकार्न सकिरहेका छैनन् । तर, गठबन्धनको सुझाव मान्दा देउवालाई आफ्नै पार्टीबाट समस्या देखिएको छ ।
पछिल्लो पटक पाँच दलीय सत्ता गठबन्धनको बैठकले बैशाखमा निर्वाचन नगरी असोजपछि गर्ने सहमति गरेका छन् । सोमवार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले वैशाखमा निर्वाचन गर्ने भनी गरेको सहमतिको कुरा बाहिरिएपछि सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसभित्रै कचिंगल शुरु भएको छ ।
गठबन्धनमा स्थानीय तहको निर्वाचन बैशाखमा नगर्ने निर्णय भएको भए पनि आफूहरुलाई मान्य नहुने कांग्रेस महामन्त्री गगन थापाले बताएका छन् । निर्वाचन भएको पाँच वर्षपछि स्थानीय तहमा रिक्तता हुने गरी जाने कुरा स्वीकार्य नहुने उनले बताए ।
कांग्रेस महामन्त्री थापाले निर्वाचनका सन्दर्भमा तत्काल केन्द्रीय कार्यसमिति बैठक बोलाउनुपर्ने पनि राय दिएका छन् ।
कांग्रेसका संस्थापन इतर पक्षका नेताहरुले पनि वैशाखमै स्थानीय तहको निर्वाचन हुनुपर्नेमा जोड दिएका छन् । समयमा निर्वाचन गर्न नसकिए सरकारको असफलता सिद्ध हुने भन्दै उनीहरु बैशाखमै स्थानीय तहको निर्वाचन हुनुपर्नेमा जोड दिएका छन् ।
यो पनि पढ्नुस्
शेखर समूहको निष्कर्ष : गठबन्धनलाई लिएर चुनावमा जानु हुँदैन











युक्रेनी नेता जेलेन्स्की र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फ्लोरिडामा भेटवार्ता हुने
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
दुई दिनदेखि बेपत्ता रहेका व्यक्ति मृत फेला, हत्याको आशङ्का
म्यान्मामा पाँच वर्षपछि पहिलो पटक आम चुनाव हुँदै
रवि र बालेन सहमति नजिक, भोलि अन्तिम रूप दिने तयारी
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
प्रतिक्रिया