मधेस प्रदेशमा कोरोना महामारीको जोखिम बढ्दै गएपछि न्याय समिति सक्रिय

जनकपुरधाम । मधेस प्रदेशमा कोरोना महामारीको जोखिम बढ्दै गएपछि प्रदेश सभाको महिला बालबालिका तथा सामाजिक न्याय समिति सक्रिय भएको छ ।
प्रदेशमा कोभिड–१९ को संक्रिमत दैनिक रुपमा बढ्दै गए पनि संक्रमितको उपचार, कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागि समितिले सचेत गराउँदै आएको छ ।
प्रदेशभित्र रहेको सरकारी अस्पतालको अवस्था, चिकित्सक तथा स्वास्थ्यकर्मी तथा अन्य जनशक्तिको अवस्था बारे समितिले पछिल्लो केही दिनदेखि अनुगमन थालेको छ । आइतबार मात्रै समितिले मधेस प्रदेशका राजधानी जनकपुरधाम स्थित प्रादेशिक अस्पताल, मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनुगमन गरेका थिए ।
सोमबार भएको समितिको बैठकले कोरोना महामारीको रोकथाम, नियन्त्रण तथा संक्रमतिको उपचारको विषयमा जानकारी गराउन प्रदेश सरकारका सामाजिक विकास मन्त्रालयलाई पत्र पठाएको छ ।
पत्रमा कोरोना महामारी नियन्त्रणको लागि अहिले सम्म प्रदेश सरकारले गरेको तथा गरिरहेको क्रियाकलाप तथा अन्य तयारी बारे जानकारी समितिलाई जानकारी गराउन उल्लेख गरिएको छ ।
त्यसैगरि, मधेसको कोभिड–१९ को संक्रमितको मुख्य उपचार केन्द्र स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत सञ्चालनमा रहेको कोभिड विशेष अस्पतालको कामकारबाही, जनशक्तिको अवस्था लगायतका विषयमा जानकारी गराउन समितिले प्रतिष्ठानलाई सोमबारसमेत पत्र पठाइएको समितिको सभापति जयनुल राइनले जानकारी दिए ।
यसअघि समितिले प्रदेशका सिमानाकाहरूमा होल्डिङ्ग सेन्टर लगायतको व्यवस्थापन गर्न प्रदेश सरकारलाई आग्रह गरेका थिए ।
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया