बुर्किनो फासोमा सेनाको ‘कू’, संसद विघटन

बुर्किना फासो । बुर्किना फासोमा सेनाले कु गरेको छ । राष्ट्रिय टेलिभिजनमा सम्बोधन गर्दै सेनाले शक्ति आफ्नो हातमा लिएको र संसद तथा सरकार विघटन गरेको जनाएको छ । सेनाले देशको सीमा बन्द गर्दै उचित समयमा ‘संवैधानिक आदेश’ मा फर्किने बाचा गरेको छ ।
यसअघि सेनाले राष्ट्रपति रोच काबोरललाई सत्ताच्युत गरेको, संविधान निलम्बन गरिएको र सरकार तथा विद्यायक सभा विघटन गरिएको जनाएको थियो ।
देशको सुरक्षा अवस्था बिग्रदै गएको र राष्ट्रपति काबोरले पश्चिमी अफ्रिकालाई एकबद्ध गर्न असफल भएको तथा मुस्लिम लडाकुका गतिविधि नियन्त्रण गर्न नसकेको सेनाले आरोप लगाएको छ ।
लेफ्टिनेन्ट कर्नेल पाउल हेनरी सान्दाओगो दामीबाले हस्ताक्षर गरेको घोषणालाई सेनाका अधिकारीले त्यहाँको राष्ट्रिय टेलिभिजनबाट सम्बोधन गरेका थिए । सेनाको कदम शान्तिपूर्ण भएको र पक्राउ गरिएकालाई सुरक्षित क्षेत्रमा राखिएको घोषणामा जनाइएको छ ।
सेनाले सरकार अपदस्त गर्नुअघि राजधानी सहरमा हिंसात्मक गतिविधि भएका थिए ।
















कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिक्रिया