आज थप २३ लाख ४० हजार डोज मोडर्ना खोप आउँदै
मेरोन्यूज
२०७८ माघ ११ गते ११:३४

काठमाडौं । कोरोना भाइरस विरुद्धको मोडर्ना खोप २३ लाख ४० हजार डोज नेपाल आउँदैछ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाको आपूर्ति शाखाका प्रमुख सुरेन्द्र चौरासियाले मंगलबार २३ लाख ४० हजार डोज खोप आउने बताए ।
यो खोप सरकारले विश्व बैंकको सहयोगमा खरिद गरेको चौरासियाले जानकारी दिए ।
उनका अनुसार खोपसँगै सिरिञ्ज भने ल्याइएको छैन। उक्त खोपका लागि आवश्यक पर्ने सिरिञ्जको व्यवस्था सरकारले आफैं गर्नेछ।सरकारले खोपका लागि आवश्यक पर्ने सिरिञ्ज खरिद सम्झौता गरी ल्याइरहेको छ।
सरकारले आफैं खरिद गर्नेगरी सम्झौता गरेको २ करोड ४ लाख सिरिञ्ज मध्ये ५० लाख सिरिञ्ज भने आइसकेको चौरासियाले बताए।
यसअघि सोमबार पनि १६ लाख ६० हजार डोज मोर्डना खोप सोमबार आइसकेको छ।
सम्बन्धित
















म्याग्दीका किसान माघ लागेपछि बल्ल सुन्तला टिप्न थाले
Women’s T20 World Cup Global Qualifier: Nepal out of Group Stage
सानिमा बैंकका नवनियुक्त सीईओ आचार्यले गरे पदभार ग्रहण
अमेरिकामा निजी जहाज उडानका क्रममा दुर्घटनाग्रस्त, आपतकालीन टोली सक्रिय
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
राष्ट्रिय लिग फुटबलः सातदोबाटोको पहिलो जित
दुई हजार एक सय जना एमालेमा प्रवेश
प्रतिक्रिया