बारामा विवाहको रथले किच्दा दुई जनाको मृत्यु, १२ जना घाइते

बारा । बारामा विवाहको रथले किचेर गएराति दुई जनाको मृत्यु भएको छ । भने अन्य १२ जना घाइते भएका छन् । मृत्यु हुनेमा आदर्श कोटवाल गाउँपालिका वडा नम्बर ३ स्थित बत्रा बस्ने २५ वर्षीया बालकुमारी देवी राम र १६ वर्षीया निलम कुमारी राम रहेको बारा प्रहरीले जनाएको छ ।दर्श कोटवाल गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष धर्मेन्द्र यादवका अनुसार रथ अचानक तीव्र गतिमा कुदेपछि रथ अगाडि रहेका मानिसहरुलाई किच्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
वैवाहिक रथ अचानक अनियन्त्रित भएपछि रथ अगाडि रहेका दर्जनौँ व्यक्तिहरुलाई किचेको उनले जानकारी दिए । घाइते १२ जनामध्ये ६ जनाको अवस्था भने गम्भीर रहेको बारा प्रहरीले जनाएको छ ।
बाराका प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक राजेश थापाले घाइतेहरुको उपचार कलैया अस्पतालमा भइरहेको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको बताए ।















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया