बारामा विवाहको रथले किच्दा दुई जनाको मृत्यु, १२ जना घाइते

बारा । बारामा विवाहको रथले किचेर गएराति दुई जनाको मृत्यु भएको छ । भने अन्य १२ जना घाइते भएका छन् । मृत्यु हुनेमा आदर्श कोटवाल गाउँपालिका वडा नम्बर ३ स्थित बत्रा बस्ने २५ वर्षीया बालकुमारी देवी राम र १६ वर्षीया निलम कुमारी राम रहेको बारा प्रहरीले जनाएको छ ।दर्श कोटवाल गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष धर्मेन्द्र यादवका अनुसार रथ अचानक तीव्र गतिमा कुदेपछि रथ अगाडि रहेका मानिसहरुलाई किच्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
वैवाहिक रथ अचानक अनियन्त्रित भएपछि रथ अगाडि रहेका दर्जनौँ व्यक्तिहरुलाई किचेको उनले जानकारी दिए । घाइते १२ जनामध्ये ६ जनाको अवस्था भने गम्भीर रहेको बारा प्रहरीले जनाएको छ ।
बाराका प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक राजेश थापाले घाइतेहरुको उपचार कलैया अस्पतालमा भइरहेको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको बताए ।











ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल
सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
प्रतिक्रिया