टोखामा ‘मेयर दीर्घायु कार्यक्रम’ स्थगित
टोखा । टोखा नगरपालिकामा ‘मेयर दीर्घायु कार्यक्रम’ स्थगित भएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाका जनतालाई स्वस्थ राख्ने उद्देश्यका साथ टोखा चण्डेश्वरी प्रादेशिक केन्द्र (प्रस्तावित प्रदेश अस्पताल) मा सुरु गरिएको ‘मेयर दीर्घायु कार्यक्रम’ बढ्दो कोरोनाका कारण स्थगित गरिएको हो ।
‘म स्वस्थ मेरो टोखा नगर स्वस्थ’ भन्ने मूल नाराका साथ सुरु भएको उक्त कार्यक्रम अर्को सूचना नआउँदासम्मका लागि स्थगित गरिएको केन्द्रका प्रमुख डा एरिसा पौडेलले जानकारी दिए ।
उनले स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कोरोना सङ्क्रमण देखिएको र सेवाग्राहीको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै तत्कालका लागि उक्त कार्यक्रम स्थगित गरिएको बताए ।
टोखाले नगरपालिकामा रहेका अशक्त ५० वर्षमाथिका अपाङ्गता भएका, घाइते, द्वन्द्वपीडित, असहाय, लोपोन्मुख, अतिविपन्न, महिला तथा अल्पसङ्ख्यक समुदायलाई लक्षित गरेर उक्त कार्यक्रम सञ्चालन गरेको थियो ।
नगरपालिकाले मेयर दीर्घायु कार्यक्रम सञ्चालन गर्नका लागि आवश्यक नीति तथा कानुन निर्माण गर्नुका साथै रु ३० लाख बजेटसमेत विनियोजन गरेर कार्यक्रम सञ्चालन गरेको थियो । रासस











दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति
मुग्लिनमा आजदेखि सुन्तला महोत्सव
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
प्रतिक्रिया