शुक्रबार, कार्तिक २८, २०८२

शेयर बजारको निरन्तर ओरालो यात्रा

मेरोन्यूज २०७८ माघ ११ गते १५:४०

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको तेस्रो दिन मंगलबार पनि भारी गिरावट आएको छ ।
यो साताको पहिलो दिनेदेखि नै ओरालो लागेको नेप्सेमा मंगलबार पाँच अंकको गिरावट आएको छ ।

आज नेप्से ५.९२ अंकले घटेर दुई हजार ८ सय १४ दशमलव ७४ विन्दुमा रोकिएको छ । सोमबार नेप्से १००.१० अंकले घटेर दुई हजार ८ सय २० दशमलव ४१ विन्दुमा रोकिएको थियो ।

त्यस्तै, कारोबार रकममा पनि मंगलबार भारी गिरावट आएको छ । आज ५ अर्ब ३९ करोड ५६ लाख बराबरको कारोबार भएको छ । सोमबार ८ अर्ब ८८ करोड ८५ लाख बराबरको कारोबार भएको थियो ।

मंगलबार वीन नेपाल लघुवित्त वित्तीय संस्था र बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । वीन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य बढेर प्रतिकित्ता ११०६ रुपैयाँ पुगेको छ भने बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्य प्रतिकित्ता ४२१.१० रुपैयाँ पुगेको छ ।

कारोबारको आधारमा आज सबैभन्दा बढी एसियन लाइफ इन्स्योरेन्स कम्पनीको २६ करोड ९४ लाख भन्दा बढीको कारोबार भएको छ ।

प्रतिक्रिया