आहारारा गोल्डकपः आर्मी सेमिफाइनलमा प्रवेश
मेरोन्यूज
२०७८ माघ ११ गते १६:४२

पोखरा । पोखरामा जारी आहा रारा गोल्डकपको मंगलबार भएको खेलमा थ्रीस्टार क्लवलाई पराजित गर्दै आर्मी क्लव सेमिफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा भएको चौथो क्वार्टरफाइनलमा थ्रीस्टारलाई १–० ले पराजित गर्दै आर्मीले अन्तिम चारमा स्थान बनाएको हो । आर्मीका लागि राजीव गुरुङले दोस्रो हाफमा ७० औं मिनेटमा गरेको गोल नै जितका लागि निर्णायक बन्यो ।
आर्मीको जीतसँगै सेमिफाइनलको समिकरण पनि पूरा भएको छ ।
अब फाइनल प्रवेशका लागि आर्मीले विहीबार मनाङ मस्र्यायाङ्दी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । मनाङले पुलिसलाई पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको थियो ।
सेमिफाइनलको पहिलो खेलमा बुधबार सशस्त्र प्रहरी बलको एपीएफ क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
एपिएफले पाहुना क्लव अमेरिकीलाई हराउँदा मछिन्द्रले संकटालाई पराजित गरेको थियो ।
सम्बन्धित









एसिसी प्रिमियर कपः हङकङविरुद्ध नेपाल शानदार जीत
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छः नेता डा रावल
पोखराको पहिलो जित, साविक विजेता जनकपुर फेरि निराश
मुलुकको राष्ट्रिय स्वाधीनता रक्षाका लागि वामपन्थी ध्रुवीकरणको प्रारम्भ गरिएको छः संयोजक प्रचण्ड
कमला नगरपालिकाका तत्कालीन मेयर गोइतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
आज विवाह पञ्चमी: सिता र रामको पूजा गरी मनाइँदै
प्रतिक्रिया