आहारारा गोल्डकपः आर्मी सेमिफाइनलमा प्रवेश
मेरोन्यूज
२०७८ माघ ११ गते १६:४२

पोखरा । पोखरामा जारी आहा रारा गोल्डकपको मंगलबार भएको खेलमा थ्रीस्टार क्लवलाई पराजित गर्दै आर्मी क्लव सेमिफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा भएको चौथो क्वार्टरफाइनलमा थ्रीस्टारलाई १–० ले पराजित गर्दै आर्मीले अन्तिम चारमा स्थान बनाएको हो । आर्मीका लागि राजीव गुरुङले दोस्रो हाफमा ७० औं मिनेटमा गरेको गोल नै जितका लागि निर्णायक बन्यो ।
आर्मीको जीतसँगै सेमिफाइनलको समिकरण पनि पूरा भएको छ ।
अब फाइनल प्रवेशका लागि आर्मीले विहीबार मनाङ मस्र्यायाङ्दी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । मनाङले पुलिसलाई पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको थियो ।
सेमिफाइनलको पहिलो खेलमा बुधबार सशस्त्र प्रहरी बलको एपीएफ क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
एपिएफले पाहुना क्लव अमेरिकीलाई हराउँदा मछिन्द्रले संकटालाई पराजित गरेको थियो ।
सम्बन्धित


















सुरु भयाे रास्वपा केन्द्रीय समिति बैठक
दोहोरो अंकले घट्यो नेप्से, करिब साढे पाँच अर्बकाे काराेबार
बोर्नियोमा भीषण आगलागी, हजारौँ विस्थापित
भूमिसुधार तथा मालपोतमा टोकन प्रणाली लागू
जापानमा शक्तिशाली भूकम्प, सुनामी चेतावनी
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
प्रतिक्रिया