शुक्रबार, पुष ११, २०८२

विप्लवका विद्यार्थीद्वारा केएमसीमा तोडफोड

मेरोन्यूज २०७८ माघ ११ गते १९:०५

काठमाडौं । नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपा निकट विद्यार्थीहरुले काठमाडौं मेडिकल कलेजमा तोडफोड गरेका छन् ।

विप्लव नेकपा निकट अखिल क्रान्तिकारीका विद्यार्थीहरुले भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेजमा तोडफोड गरेका हुन् ।

चिकित्सा शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरूले उठाएका माग सम्बोधन गर्न सञ्चालक सुनिल शर्माले अटेरी गरेको भन्दै विप्लवका विद्यार्थीहरुले कलेजमा तोडफोड गरेको हो । विद्यार्थीहरुलाई मनोमानी चर्को शुल्क असुल्ने काम भएको र कलेज प्रशासन विद्यार्थीविरुद्ध नै उत्रिएकाले तोडफोड गरेको भन्दै उनीहरुले जिम्मा लिएका छन् ।

तोडफोडमा संलग्न भएको भन्दै प्रहरीले क्रान्तिकारीका केन्द्रीय सदस्य रबिन केसी, महेश अधिकारी, कृष्ण महतरा लगायतलाई पक्राउ गरेको छ ।

काठमाडौं विश्वविद्यालय, शिक्षा मन्त्रालय र चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्कभन्दा कलेजले विद्यार्थीबाट बढी असुल गरेको भन्दै चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीहरू लामो समयदेखि आन्दोलित छन् ।

प्रतिक्रिया