भिभोको नेक्स ५ स्मार्टफोनको फोटो बाहिरियो, छिट्टै आउने संकेत

काठमाडौं । चिनियाँ स्मार्टफोन ब्रान्ड भिभोको आउँदै गरेको नेक्स ५ स्मार्टफोनको फोटो बाहिरिएको छ । आगामी फेब्रुअरीमा थुप्रै ब्रान्डका स्मार्टफोनहरु सार्वजनिक हुने क्रममा रहेका छन् र भिभोको नेक्स ५ पनि तीमध्येको एउटा हो।
भरपर्दा लीकस्टर डिजिटल च्याट स्टेशनले सर्वसाधारणका लागि उक्त फोनको एउटा फोटो शेयर गरेर केही बेरपछि हटाएका थिए। उनले फोटो किन हटाए भन्ने नखुले पनि उक्त फोटो हटाइनुअघि सेभ गरिसकिएको थियो।
उक्त फोटो अनुसार भिभो नेक्स ५ मा पछाडिपट्टि आयाताकार हाउजिङमा तीनओटा क्यामरा रहेको देख्न सकिन्छ। तीमध्येको एउटा मुख्य भने निकै ठूलो आकारको रहेको गिजचाइनाले उल्लेख गरेको छ।
रुमरहरुका अनुसार तीमध्ये एउटा ५x अप्टिकल जूमयुक्त जाइसको टेलिफोटो लेन्स रहेको बुझिएको छ।
स्रोतहरुका अनुसार भिभो नेक्स ५ खैरो, नीलो र कालो रंग तथा तीन ओटा मेमोरी अप्शनमा उपलब्ध हुनेछ।
ती अप्शनमा ८/२५६, १२/२५६ तथा १२/५१२ जीबी रहेका र डिस्प्ले भने ७ इन्चको ओएलईडी रहने बुझिएको छ।
यो फोनका अन्य मुख्य स्पेसिफिकेशनमा स्न्यापड्रागन ८ जेन १ चिपसेट तथा १२० वाट फास्ट चार्जिङ सपोर्ट रहने भएको बताइएको छ।
















वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
सुशासन कायम गर्दै संविधान संशोधन गर्न विज्ञको सुझाव
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
प्रतिक्रिया