विवादका कारण अघि बढेन ‘बोर्डर २’

काठमाडौं । बलिउड निर्देशक जेपी दत्ताले सन् १९९७ मा सनी देओल, सुनील सेट्टी र अक्षय खन्ना जस्ता स्टारलाई लिएर फिल्म ‘बोर्डर’ बनाएका थिए । यो फिल्ममा देशभक्ति र भारतीय सेनाको भावना यति सुन्दर ढंगले देखाइएको थियो कि दर्शकहरु जनवरी २६ र अगष्ट १५ मा यो फिल्म हेर्न छुटाउदैनन् ।
‘बोर्डर’ रिलिजको यति लामो अवधि पुग्दा पनि दर्शकहरु यसको सिक्वेल खोजीरहेका छन् । जेपीले भलै आधिकारिक रुपमा ‘बोर्डर २’को घोषणा नगरे पनि उनले आन्तरिक रुपमा यसको तयारी सुरु गरिसकेका छन् । उनीसँग फिल्मको कथा तयार भए पनि निर्माता भरत शाहका कारण फिल्मले अगाडि बढ्ने मेसो पाउन सकेको छैन ।
निर्माता भरत शाह आफूसँग यो फिल्मको सिरिजको सम्पूर्ण अधिकार रहेको दाबी गर्छन् । जसकारण पनि फिल्म बन्न ढिलाई भइरहेको छ । जबसम्म निर्देशक जेपी र निर्माता भरतको यो विवाह सुल्झदैन, तबसम्म फिल्मको निर्माण कार्य अगाडि बढ्न नसक्ने फिल्म निकट स्रोतको बुझाई छ ।
जेपीले सनी र सुनीललाई लिएर ‘बोर्डर २’ बनाउने तयारी गरे पनि विवादका कारण अगाडि बढ्न सकेको छैन । जेपी र भरतको सम्बन्ध पहिलाको जस्तो नभएका कारण पनि फिल्मको विवाद सुल्झन समय लाग्ने उनीहरुको निकटको भनाई छ ।
यता भरतले भने फिल्म ‘बोर्डर’ सुपरहिट भएपछि निर्देशक जेपीले आफूलाई नाफा शेयर नदिएको आरोप लगाउँदै आएका छन् । उनी यो मुद्धा लिएर अदालतसम्म पुगेका थिए । सोही समयदेखि बिग्रिएको उनीहरुको सम्बन्ध अहिलेसम्म सुध्रने छाँटकाट छैन ।










एनआरएनएको १२औँ महाधिवेशन फागुन दोस्रो साता
एमएडब्लु वृद्धिद्वारा नेपालगञ्जमा अत्याधुनिक डोङफेङ र दीपाल शोरुमको उद्घाटन
महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधार : मेयर बालेन
एक क्वीन्टलबढी गाँजासहित सुनसरीबाट दुई जना पक्राउ
युवाको माग सम्बोधन गर्न केन्द्रीय सदस्यमा मेरो निरन्तरता आवश्यक : कमला वोहरा (अन्तर्वार्ता)
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
यु–१९ एसिया कप : नेपालले पहिलो खेलमा श्रीलङ्कासँग खेल्दै
प्रतिक्रिया