२१ लाख ६९ हजार नेपाली विदेशमा, १० वर्षको तुलनामा महिला बढी

काठमाडौं । नेपाली विदेशमा २१ लाख ६९ हजारभन्दा बढी रहेको पाइएको छ ।
केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजाअनुसार २१ लाख ६९ हजार ४७८ जना अक्सर नेपाली विदेशमा बसोबास गरेको देखिएको हो ।
त्यसमध्ये पुरुष १७ लाख ६३ हजार ३१५ र महिला चार लाख ६ हजार १०३ अर्थात (१८.७२) रहेका देखिन्छ । १० वर्षअघि अर्थात २०६८ तुलनामा ०७८ मा विदेशिने महिलाहरूको संख्या ७१.०९ प्रतिशतले बढेको देखिन्छ ।
जनगणनामा अनुपस्थित हुने ७७ जिल्लाकै व्यक्तिहरू छन् । जसमा सबैभन्दा बढी विदेशमा काठमाडौं, झापा, मोरङ,कैलाली र रुपन्देही रहेका छन् । भने सबैभन्दा मनाङ, डोल्पा, हुम्ला, मुगु र मुस्ताङ रहेका छन् ।
०६८ सालमा घरपरिवारमा अनुपस्थित (विदेशमा अक्सर बसोबास गर्ने नेपालीहरु) को संख्या १९ लाख २१ हजार ४९४ थियो ।
जसमा पुरुष १६ लाख ८४ हजार २९ (८७.६४) रहेका थिए भने महिला दुई लाख ३७ हजार ४०० (१२.३६) थिए ।
















अफगानिस्तानको सुन खानीमा विस्पोट, पाँच जनाको मृत्यु
पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र
झापामा विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
बाजुरामा चट्याङ लागेर ३९ भेडाबाख्रा मरे
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
प्रतिक्रिया