राष्ट्रियसभा निर्वाचन : सुदूरपश्चिममा एक मत खस्न बाँकी

कैलाली । सुदूरपश्चिममा राष्ट्रिय सभाको मतदान जारी छ । बुधबार (आज) बिहान ९ बजेबाट सुरु भएको मतदानमा अब एक मत मात्रै खस्न बाँकी छ ।
दार्चुलाको महाकाली नगरपालिकाका मेयर मतदानका लागि आउन बाँकी रहेको सहायक निर्वाचन अधिकृत प्रेम भट्टले जानकारी दिए ।
उनका अनुसार दिउँसो ३ बजेबाट मतगणना सुरु हुनेछ ।
प्रदेश सभा सदस्य ५२ जनामध्ये ५२ जनाले नै मतदान गरिसकेको र स्थानीय तहको १७५ जनामध्ये १७४ जनाको मात्रै मत खसेको उनले जानकारी दिए ।
सुदूरपश्चिम प्रदेशमा तीन जना राष्ट्रियसभा सदस्य चुन्न नेकपा एमाले एक्लै र अन्य तीन दल गठबन्धन बनाएर निर्वाचनमा होमिएका छन्।
नेकपा एमालेबाट महिलातर्फ कैलालीकी सन्तोषकुमारी शर्मा थापा, दलिततर्फ बैतडीका नरेश विक र खुलातर्फ डोटीका डिल्लीराज भट्टले मनोनयन दर्ता गरेका छन्।यस्तै, गठबन्धनबाट नेपाली कांग्रेसको तर्फबाट नारायणदत्त मिश्र, दलितमा माओवादी केन्द्रका जगत पार्की र महिलामा एकीकृत समाजवादीका तर्फबाट गरिमा शाहले मनोनयन दर्ता गरेका छन् ।
















वडा सीमा विवाद सुल्झाउने मापदण्डको सुझावमाथि अध्ययन जारी
श्रम क्षेत्रका समस्या समाधानको अगुवाइ मजदुर सङ्गठनले गर्नुपर्छ : माधव नेपाल
बेलायतमा ए स्टार नेपाल बास्केटबल लिगको रौनकः दर्शकको आकर्षण बढ्दो
प्रकृतिको पूजा गर्दै उभौली सुरु
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
प्रतिक्रिया