अन्तरिक्षमा रकेट अनियन्त्रित, चन्द्रमामा बिस्फोटको जोखिम

न्युयोर्क । अमेरिकी विद्युती गाडी कम्पनी टेस्लाका मालिक एलन मस्कको स्पेसएक्सले अन्तरिक्षमा पठाएको रकेट अनियन्त्रित भई चन्द्रमामा दुर्घटना र बिस्फोट हुने अवस्थामा रहेको विवरणहरु सार्वजनिक भएका छन् ।
स्पेसएक्सले पठाएको फाल्कन ९ बुस्टर सन् २०१५ मा अन्तरिक्षमा प्रक्षेपण गरिएको थियो । तर, आफ्नो मिसन पुरा गरेपछि पृथ्वीमा फर्किन पर्याप्त इन्धन नभएपछि सो क्षेप्यास्त्र अन्तरिक्षमै रहेको थियो ।
फाल्कन ९ चन्द्रमामा ठोकिने पहिलो अनियन्त्रित क्षेप्यास्त्र हुने अन्तरिक्ष यात्री जोनाथान म्याकडोवेलले बीबीसीलाई बताए । तर, यसको असर भने सानो हुने उनको भनाई छ ।
स्पेस वेदर स्याटलाइटलाई पठाउने आफ्नो मिसन पुरा गरेपछि क्षेप्यास्त्रलाई सात वर्षअघि उच्च अक्षमा छोडिएको थियो । मस्कको अन्तरिक्ष अनुसन्धान कार्यक्रम स्पेसएक्सअन्तर्गत सो रकेट आफ्नो मिसनमा थियो ।
अन्तरिक्षमा मानिहरुको सम्भावित बसोबासबारे मस्को सो कम्पनीले अध्ययन गरिरहेको छ ।
सन् २०१५ देखि सो क्षेप्यास्त्रलाई पृथ्वी, चन्द्रमा र सूर्यको विभिन्न गुरुत्वाकर्षण शक्तिले तानेकोले उसको मार्गलाई झनै अनियन्त्रित बनाएको अमेरिकास्थित हार्वड स्मिथसोनियन सेन्टर फर एस्ट्रोफिजिक्सका प्राध्यापकसमेत रहेका म्याकडोवेल बताउँछन् ।
















अर्थमन्त्री र नाडाका प्रतिनिधिबीच भेटवार्ता, अटोमोवाइल क्षेत्रका विभिन्न विषयमा छलफल
पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छः मन्त्री पोखरेल
मालपोत कार्यालय जुम्लाद्वारा एक करोड ८६ लाखभन्दा बढी राजस्व सङ्कलन
एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “वाटरले पुग्दैन है एक्स्ट्रिम नै चाहिन्छ” नामक टिकटक क्याम्पेन सार्वजनिक
‘संविधानले नै श्रमिकलाई ट्रेड युनियन खोल्ने अधिकार सुनिश्चित गरेको छ’
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
प्रतिक्रिया