इलाममा जिप दुर्घटना हुँदा दुईको मृत्यु
मेरोन्यूज
२०७८ माघ १३ गते १०:१३

इलाम । इलाममा पिकअप जिप दुर्घटना हुँदा दुई जनाको मृत्यू भएको छ । झापाबाट इलाम आउँदै गरेको प्रदेश १–०१–००१ च ७९१६ नम्बरको पिकअप आँफै अनियन्त्रित भई सडकदेखि करिव पाँच सय मिटर तल झरेको छ ।
विहीबार विहान मेची राजमार्गको रोङ गाउँपालिका–४ पहिरोमा पिकअप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर थापाले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा परी झापाको मेचीनगर नगरपालिका–४ वस्ने वर्ष ५५ का रमेश थापा र सोही स्थान वस्ने वर्ष ४० का सुर्यबहादुर थापाको घटनास्थलमा नै मृत्यु भएको हो ।
जिप चालक मेचीनगर–४ बस्ने वर्ष ३३ का अर्जुन कोइरालासमेत गम्भिर घाइते भएको बताइएको छ । उनलाई उपचारका लागि झापाको विएण्डसि अस्पताल लगिएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित











प्रभु बैंकका सिइओ अशोक शेरचन हाजिरी जमानीमा रिहा
प्रचण्डसँग सञ्चारमन्त्री खरेलको भेटवार्ता
नवनियुक्त परराष्ट्रमन्त्री शर्माले लिए शपथ
महोत्तरीमा चिसोका कारण एक सातादेखि जनजीवन प्रभावित
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
अध्यक्ष कमल थापाको नाम काठमाडौँ ५ र बाँके २ बाट सिफारिस
प्रतिक्रिया