डिभिजन वन कार्यालय लमजुङमा कर्मचारी अभाव, तीन पालिका एक कर्मचारीको भरमा

लमजुङ । डिभिजन वन कार्यालय लमजुङमा कर्मचारी अभाव हुँदा कार्यसम्पादनमा समस्या भएकोे छ । दरबन्दी अनुसार कर्मचारीको नहुँदा कार्यालयले सम्पादन गर्ने दैनिक काम प्रभावित बनेका हुन् ।
४५ जनाको दरबन्दी रहे पनि २३ जना कर्मचारी मात्र कार्यरत छन् । डिभिजन वन कार्यालयका प्रमुख पूर्णेश्वर सुवेदीले वन रक्षकको सबैभन्दा बढी अभाव रहेको बताए ।
उनका अनुसार २७ जना वन रक्षकको दरबन्दी रहे पनि १७ जनाको पद रिक्त छ । ३ सहायक वन अधिकृत, एक खरिददार र एक फरेष्टरसहित २२ जना कर्मचारीको पद रिक्त रहेको छ। डिभिजन वन कार्यालय मातहतका जिल्लाका सवडिभिजन कार्यालयले कर्मचारी अभावका कारण काम गर्न निकै समस्या उनले जानकारी दिए ।
एक सहायक वन अधिकृतले तीन वटा सम्म पालिका तथा दुई सव डिभिजन कार्यालय हेर्नुपर्ने बाध्यता रहेकाले दैनिक कार्यसम्पादनमा निकै समस्या भएको सुवेदीको भनाइ छ ।
आठ वटा स्थानीय तह रहेको लमजुङमा प्रत्येक पालिकामा एक सबडिभिजन कार्यालय हुनुपर्नेमा दुई पालिका हेर्ने गरी एक सवडिभिजन कार्यालय मात्र छ । ती कार्यालयमा पनि दरबन्दी अनुसार कर्मचारी नहँदा अन्य कर्मचारीलाई मार पर्ने गरेको छ ।
लमजुङमा कुल भूभागमध्ये ६७ हजार ७ सय ३४ हेक्टर क्षेत्रफलमा वन क्षेत्रले ओगटेको छ । कुल वन क्षेत्रको करिव २८ प्रतिशत अर्थात १८ हजार ८ सय ५० हेक्टर वन क्षेत्र एक्यापको क्षेत्रभित्र पर्ने कार्यालयका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए । कार्यालयका अनुसार जिल्लामा १ धार्मिक वन सहित ३ सय ४१ सामुदायिक वन उपभोक्त समूह र १ सय ७३ कवुलिययती वन समूह रहेका छन् ।
















ग्यास्ट्रिक बिग्रिएर बालबच्चामा हुन सक्छ अल्सर
विशेष पूजा गरी मनाइयो पशुपतिनाथको ‘छायाँ दर्शन’
स्ट्याक्स नेपालले टि-२० विश्वकप क्रिकेटको प्रत्यक्ष प्रसारण गर्ने
कङ्गोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
प्रतिक्रिया