कुष्ठरोग प्रभावितलाई ब्ल्याङ्क्वेट र ज्याकेट वितरण
काठमाडौं । नेपाल पर्वतारोहण संघले कुष्ठरोगबाट प्रभावित व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरेको छ ।
बिहीवार दक्षिणकाली नगरपालिका वडा नं. २ स्थित रहेको नेपाल कुष्ठरोग निवारण संघद्वार सञ्चालित खोकना आरोग्याश्रममा पुगेर संघले कुष्ठरोग प्रभावित व्यक्तिहरुलाई ब्ल्याङ्क्वेट र ज्याकेट वितरण गरेको हो ।
संघले जापानमा रहेको द निपुन फाउण्डेशनको आर्थिक सहयोगमा २०० थान ब्ल्याङ्क्वेट र २०० थान ज्याकेट वितरण गरेको नेपाल पर्वतारोहण संघका महासचिव कुलबहादुर गुरुङले बताए ।
त्यसका साथसाथै संघले सेनिटाइजर, साबुन, मास्क पनि सहयोग गरेको उनले बताए ।
आरोग्याश्रममा रहनुभएका कुष्ठरोग प्रभावितहरुले जाडोमा न्यानोको लागि ब्ल्याङ्क्वेट र ज्याकेट पाएपछि खुशी व्यक्त गरेका छन् । नेपाल पर्वतारोहण संघले विभिन्न समयमा सामाजिक सेवाको काम गर्दै आएको छ । आगामी दिनमा पनि मानविय सेवाको कामलाई निरन्तरता दिने संघले जनाएको छ ।
















आन्तरिक उत्पादनमा आधारित उपभोग बढाउन आवश्यक : अर्थमन्त्री खनाल
50 missing as boat capsizes in Mediterranean
Sankhuwasabha jeep accident: Identities of two deceased ascertained
आजदेखि डुम्रे–बेँसीसहर सडक तीन दिन बन्द
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
राष्ट्रिय लिग फुटबलः सातदोबाटोको पहिलो जित
प्रतिक्रिया