एमालेले भन्यो-अन्तर्घातीमाथि कारबाही हुन्छ

काठमाडौं । नेकपा एमाले पार्टीका उम्मेदवारलाई मतदान नगर्नेमाथी कारवाही गर्ने जनाएको छ । राष्ट्रिय सभाका १९ पदका लागि वुधबार भएको निर्वाचनका क्रममा प्रदेश १ मा आफ्नै पार्टीका उम्मेदवारलाई मतदान नगरी अन्तरघात भएको देखिएपछि एमालेको प्रदेश १ कमिटिले त्यस्तो जनाएको हो ।
अन्र्तघातीहरु माथि छानबिन गरी दोषीमाथि कारबाही गर्ने एमालेले जनाएको छ ।
प्रदेश नम्बर १ अध्यक्ष तुलसी न्यौपानेले विहीबार एक विज्ञप्ति जारी गर्दै पार्टी भित्रका कतिपय अवसरवादी र अराजक पात्रहरुले राष्ट्रिय सभा सदस्य पदको निर्वाचनमा समेत अवान्छित हर्कत गरेको पाइएको उल्लेख गरिएको छ ।
ुपार्टी भित्रका कतिपय अवसरवादी र अराजक पात्रहरुले यो राष्ट्रिय सभा सदस्य पदको निर्वाचनमा समेत अवान्छित हर्कत गरेको पाइएको छ । पार्टी निर्णय र हित विरुद्धमा चालिएका त्यस्ता अन्तरघाती कदमको वस्तुनिष्ठ छानबिन गरी दोषी उपर कडा कार्यवाहि गर्न हाम्रो पार्टी नेकपा एमाले कृतसंकल्पित छु न्यौपानेले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
बुधबार सम्पन्न निर्वाचनमा प्रदेश एकबाट एमालेका उमेद्वार सोनाम गेल्जेन शेर्पा विजयी भएका थिए भने अर्का उम्मेदवार गुरु बराल पराजित भएका थिए । उनी आफ्नै पार्टीका दुई सांसदको मत नपाउँदा पराजित भएको बताइएको छ ।
शेर्पालाई बधाई दिँदै विज्ञप्तिमा पाँच दलीय गठबन्धनविरुद्धको जीतमा सहयोग गर्नेहरुमा शुभकामना दिइएको छ ।

















लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
इरानले अमेरिकासँगको वार्ताका लागि पाकिस्तानी मध्यस्थतामा नयाँ प्रस्ताव प्रस्तुत
अर्थमन्त्रीसँग अमेरिकी विशेष दूतको भेट
दाङमा मुटुको ‘एन्जियोप्लाष्टि’ सेवा सुरु
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रतिक्रिया