भारतमा एकैदिन १ लाख ५१ हजार २०९ लाई कोभिड संक्रमण
मेरोन्यूज
२०७८ माघ १४ गते १५:००

काठमाडौं । पछिल्लो पटक कोरोना संक्रमणको बाढी आएको भारतमा शुक्रबार एकैदिन १ लाख ५१ हजार २०९ जनालाई संक्रमण पुष्टी भएको छ ।
पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसबाट थप १ लाख ५१ हजार २०९ सङ्क्रमित भएको केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
हाल भारतमा कोरोना पोजेटिभ दर १५.८८ प्रतिशत रहेको छ भने भारतमा कोरोना सुरु भएदेखि हालसम्म चार करोड ६ लाख २२ हजार भन्दा बढी सङ्क्रमित भएका छन् ।
पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमण भएका ६२७ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या चार लाख ९२ हजार ३२७ पुगेको छ ।
भारतमा अहिले २१ लाख ५ हजार ६११ जना सक्रिय सङ्क्रमित रहेको अध्यावधिक गरिएको छ ।
कोरोना सुरु भएयता अहिलेसम्म तीन करोड ८० लाख २४ हजार ७७१ जना कोरोनामुक्त भइसकेका छन् ।
सम्बन्धित
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया