युनिमोनी कतारबाट इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स् सेवा सुरु

काठमाडौं । इसेवा मनी ट्रान्सफर र कतारस्थित मनी ट्रान्सफर र युनिमोनीवीच रेमिट्यान्स् सम्झौता भएको छ ।
यस सम्झौतासँगै कतारमा रहेका नेपालीहरुले युनिमोनीको कतारमा रहेका ९ ओटा शाखाहरुमा गइ इसेवा मनी ट्रान्सफरको माध्यम हुँदै नेपाल पैसा पठाउन सक्नेछन् ।
युनिमोनीका शाखाबाट पैसा सिधै नेपालका ६० भन्दा धेरै बैंकका खातामा तथा इवा वालेटमा तत्काल रकम पठाउन सकिनेछ ।
त्यस्तै, युनिमोनी हुँदै कतारबाट पठाएको नगद रेमिट्यान्स् नेपालभरी रहेका इवा मनी ट्रान्सफरका दशहजार भन्दा बढी रकम भुक्तानी केन्द्रबाट तुरुन्तै प्राप्त गर्न सकिनेछ ।
साथै, पठाएको नगद रेमिट्यान्स् भुक्तानी केन्द्रमा नगइ सोझै ईसेवा वालेटमा प्राप्त गरि अतिरिक्त रु. ७७ बोनस समेत प्राप्त गर्न सकिनेछ ।
इसेवा मनी ट्रान्सफर र युनिमोनी वीचको यस सम्झौताले कतारबाट नेपाल रेमिट्यान्स् भुक्तानी सेवालाई थप सहजता प्रदान गरेको इसेवा मनी ट्रान्सफरका सीईओे, अजेस कोइरालाले बताए ।
युनिमोनी कतार, कतारको सेन्ट्रल बैंकबाट इजाजत प्राप्त संस्था हो, जसले आफ्ना ग्राहकहरुका वित्तिय आवश्यकता मध्यनजर गर्दै सहज रुपमा पैसा र विदेशी मुद्राको एक देशबाट अर्को देश आवागमन गराउंदै आएको छ ।
त्यसका लागि यसले आफ्ना सेवा संसारका बिभिन्न मुलुकमा रिटेल स्टोर देखि डिजिटल माध्यमसम्म विस्तार गरिसकेको छ ।
इसेवा मनि ट्रान्सफरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेट प्रयोगकर्ताहरुको र ६० भन्दा बढी बैंक खातामा विप्रेषण रकम भित्राउँदै आएको छ ।
इसेवा मनि ट्रानसफरले आफ्ना सेवाग्राहीलाई १० हजार भन्दा बढी एजेन्ट सञ्जालमार्फत पनि विपे्रषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।
सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्विकृति प्राप्त इसेवा मनि ट्रान्सफर, देशभरका एक करोड दश लाख भन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।

















Iranian drones hit Azerbaijan airport, near school
Israeli strikes killed eight people in south Lebanon : state media
शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकामा राष्ट्रपतिद्वारा सबैमा धन्यवाद
Voting concludes: EC says nearly 60 percent voter turnout
PM Karki, her Qatari counterpart hold phone talks, discuss Nepalis’ security in West Asia
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
प्रतिक्रिया