गृहमन्त्री भन्छन्– प्राकृतिक प्रकोपबाट नागरिकको ज्यान नजाओस् भन्नेमा सरकार संवेदनशील छ

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले प्राकृतिक विपद्का कारण कुनै पनि नागरिकको अकालमा ज्यान जान नपरोस् भन्ने विषयमा सरकार संवेदनशील रहेको बताएका छन् ।
शुक्रवार गृहमन्त्रालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बैठकमा मन्त्री खाँणले विपद्को क्षेत्रमा अझै सचेत र सजगप्रति केन्द्रीकृत भएर लाग्न नसकेको बताए ।
उनले नेपालको भू बनावटका कारण जुनकुनै बेलामा पनि विपद्का घटनाहरु हुनसक्ने भन्दै त्यसबारे पूर्व तयारी र विश्लेषण गरेर अघि बढ्न आवश्यक रहेको बताए ।
उनले विपद् व्यवस्थापनको क्षेत्रमा अझै पनि सजगता र केन्द्रीकृत भएर लाग्न नसकेको साथै बजेट पनि भनेजस्तो हुन नसकेको बताए ।
त्यस्तै, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले विपद् पूर्व नै पूर्व सूचना प्रणालीको व्यवस्था गरिनुपर्ने बताए ।
उनले जनतालाई विपद्बाट जोगाउनका लागि चेतावनीस्वरुप सूचना प्रकाशन गर्दा त्यसले मानवीय र भौतिक क्षति हुनबाट जोगाउन सकिने बताए ।
मन्त्री श्रेष्ठले संघीय राज्य व्यवस्था भइसकेपछि हरेक काममा तीन तहको समन्वयको आवश्यक पर्ने र स्थानीय तहलाई बजेटदेखि लिएर सबै क्षेत्रमा प्रभावकारी बनाउन सक्यो भने स्थानीय सरकारले धेरै काम गर्ने बताए ।
कार्यक्रममा शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले अव्यवस्थित रुपमा राखेका सुकुम्बासीहरुलाई सरकारले जगगा उपलब्ध गराउने भन्दा पनि आवास बनाउनु पर्नेमा जोड दिइन् ।
उनले सरकार संविधानमा सुकुम्बासी, जोखिम बस्ती र विपद् परेका व्यक्तिहरुरुलाई जग्गा वा आवास दुई मध्ये एकमा स्पष्ट हुन आवश्यक रहेको बताइन् ।
मन्त्री झाँक्रीले सरकारले जोखिममा परेकाहरुलाई जग्गा किनेर उपलब्ध गराउन सक्ने स्थितीमा नरहेको भन्दै विपद्मा परेका वा जोखिमका बस्तीलाई जग्गा छोडेर आवास उपलब्ध गराउनेतर्फ लाग्नुपर्ने बताइन् ।

















काठमाडौं महानगरले चैत १६ गतेदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने
केन्द्रीय कारागारबाट भागेका एकहजार बढी कैदीबन्दी अझै फरार
राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट
विश्वकपमा इरानको समर्थन गर्दा केइसुके होन्डाले अमेरिकी विज्ञापन सम्झौता गुमाए
प्रतिक्रिया