शनिबार, पुष १२, २०८२

आज तपाईंको दिन कस्तो छ ? हेर्नुहोस् राशीफल

मेरोन्यूज २०७८ माघ १५ गते ६:५७

आज १५ माघ, २०७८ शनिबार । तद्नुसार जनवरी २९ तारिक २०२२ । माघकृष्णपक्ष द्धादशी, ९शनिप्रदोषव्रत० परेको छ । मुल नक्षत्र,व्याघात योग, चन्द्रमा धनु राशिमा छ ।

मेष
व्यापार व्यवसायबाट अर्थ लाभ नहुनसक्छ । परिवार र सन्तानबाट साथ सहयोग प्राप्त हुनेछ । परिवारको साथ सहयोगले तपाईको कार्य योजना सफल हुनेछ । छोटो दुरीको यात्राको अवसर प्राप्त हुनेछ । यात्राबाट आज तपाईंलाई फाइदा हुनसक्छ । शुभसमयमा यात्रा शुरु गर्नुहोला ।

वृष
व्यापारमा सोचेअनुसार नहुनसक्छ । तपाईंको सकारात्मक हुन जरुरी छ । आजको दिन आफूभन्दा ठूला व्यक्तिसँग भेटघाट गर्दा नयाँ कार्ययोजना तयार हुनसक्छ । आजको दिन बिहान सूर्योदय र शिवालयको दर्शन गरेर मात्र दिनको कार्य सुरु गर्दा तपाईंलाई राम्रो हुनेछ।

मिथुन
परिवार र आफन्तजनले तपाईंमाथि अनेक आरोप लगाउन सक्नेछन् । समय कष्टकर हुनेछ, मनमा निराशा उत्पन्न हुनसक्छ । मिथुन राशिमा जातकका लागि आजको दिन मौन र अनावश्यक काममा बाहिर नजानु बेस होला । परिवार र आफन्तजनसँग विवाद हुनसक्छ । आर्थिक हानी हुने काम नगर्नुहोला ।

कर्कट
पारिवारिक तनावका कारण चिन्ता हुनसक्छ । कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन कसैसँग विवाद भयो भने तपाईं र तपाईंसँग विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ । यात्रा गर्दा पनि अनावश्यक खर्च हुनेछ । त्यसैले आजको शनिबार आफ्नो नियमित काममा ध्यान दिनु उत्तम हुनेछ ।

सिंह
आजको दिन सिंह राशिका जातकका लागि आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनसक्छ । आजको दिन नयाँ काम सुरु गर्दा सफल हुनेछ । मित्र र आफन्तजनसँगको भेटबाट तपाईलाई आर्थिक लाभ समेत हुनसक्नेछ । तपाईंलाई मानसम्मान मिल्नेछ । घर गृहस्थको काममा ध्यान दिनुहोला ।

कन्या
तपाईंका कारण आफन्तसँग सम्बन्ध विग्रन सक्छ । अध्ययन ध्यापनबाट सफलता प्राप्त हुनेछ । कन्या राशिका जातकले आज स्त्रीजातिको साथ सहयोगबाट कार्य गर्दा सफलता प्राप्त हुन्छ । साना कन्यालाई केही खानेकुरा र बस्त्र दान दिनु होला । शिवालयमा जानुभयो भने फलफूल वितरण गर्नसक्नुहुन्छ । कुमारी कन्याको दर्शन गर्नुहोला ।

तुला
आजको दिन हुने तपाईंको यात्रा कार्यमूलक हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नुहोला । कलाकारितामा र रचनात्मक काममा मन जानेछ । परिवारमा वा स्त्रीजातिसँग विवाद हुनसक्छ, त्यसैले आजको दिन कार्य गर्दा जातकले सोच विचार गर्नु उत्तम होला । आजको दिन घरभित्र बसेर गृहस्थ कार्य गर्नु बेस हुनेछ ।

वृश्चिक
यात्राको अवसर र नयाँ कामको संभावना बढ्ने छ । यात्रा गर्दा सूर्योदय भन्दा पछि र सूर्यास्त भन्दा पहिले यात्रा समापन गर्नुहोला । आजको दिन सकेसम्म कसैसँग विवाद हुने कुरा नगर्नुहोला । तपाईलाई विवादबाट हानी मात्र हुनेछ । आर्थिक हानी हुने संभावना छ । त्यसैले आजको दिन खर्च गर्नुभन्दा पहिले एक पटक सोच विचार गर्नुहोला । लाभ भन्दा बढी हानी हुनेछ ।

धनु
आजको दिन आकस्मिक धनलाभ हुनेछ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईंले राम्रो काम गर्नुहुनेछ । आफन्त र परिवारजनबाट साथ सहयोग हुनेछ । त्यसैले आजको दिन मानसम्मान समेत मिल्नेछ । सामाजिक र अध्यात्मसेवाका काममा लाग्नुहोला । चन्द्रमाको साथ रहेको छ । विहानको सूर्योदयको दर्शन गरी आज तपाईले गर्नु खोज्नुभएको काम सफलता मिल्नेछ ।

मकर
आजको दिन सरस्वतीको आरधनाले तपाईंको मनमा प्रसन्नता छाउनेछ । विगतदेखि गर्दै आएको कामबाट मान सम्मान प्राप्त हुनेछ । दुःखका कुरा कम र हर्षका कुरा बढी गर्नु होला । सकारात्मक सोच राखेर काम गर्नुहोला । अनावश्यक आरोप पनि लाग्न सक्छ । त्यसैले आजको पारिवारिक यात्राले मन हर्षित हुनेछ ।

कुम्भ
तपाईंलाई आज सामाजिक सेवाबाट मानसम्मान मिल्नेछ । आजको दिन शनिदेवको मन्दिरमा पुगेर दर्शन गर्दा उर्जा प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख, समृद्धि प्राप्त हुनेछ। सामाजिक सेवाका काम गर्नु उत्तम हुनेछ । परिवारका जेष्ठ सदस्यलाई उपहार दिएर आशीर्वाद लिनु उत्तम हुनेछ । कुमारी कन्यालाई भोजन गराउनु होला । आफन्तको साथ सहयोग पाउनुहुनेछ ।

मीन
अध्यात्मिक कार्यमा समय खर्च हुनेछ । आजको दिन अध्ययन अध्यापनमा समय विताउदा मीन राशिका जातका लागि फााइदा हुनेछ । रचनात्मक काममा समय खर्चनु भएमा तपाईंको कार्यसिद्ध हुनेछ । परिवारमा खुसियाली छाउने छ । मानसम्मान मिल्नेछ । आजको दिन सामाजिक काममा समय खर्च गर्नुहोला । गृहस्थ कर्ममा ध्यान दिनु र गुरुजनको साथमा अध्ययन अध्यापनको चर्चा गर्नु होला ।

प्रतिक्रिया