बिहीबार, माघ १, २०८२

सत्ता गठबन्धनको बैठक सुरु, स्थानीय निर्वाचनबारे छलफल हुने

मेरोन्यूज २०७८ माघ १५ गते ९:४९
फाइल फोटो

काठमाडौँ । स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सत्ता गठबन्धन दलका शीर्ष नेताहरूबीच बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो ।

निर्वाचन आयोगले वैशाखमा नै निर्वाचन गर्ने गरी मिति तोक्न पटकपटक सरकारलाई सुझाव दिएसँगै सत्ता गठबन्धन बैठक बसेको हो । बैठकमा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव सहभागी भएका छन् ।

सत्ता गठबन्धनको बैठक बस्नुअघि ‘प्रचण्ड’ले माधव नेपालसँग भेट वार्ता गरेका थिए । प्रचण्डले नेपाल निवास कोटेश्वर पुगेर माधव नेपालसँग निर्वाचनबारे वार्ता गरेका हुन् ।

शुक्रबार बसेको गठबन्धनको बैठकले कुनै निष्कर्श निकाल्न नसकेपछि आज बिहान बैठक बसेको हो । बिहान ९ बजे बस्ने भनिएको बैठक केही ढिला गरी सुरु भएको हो ।

प्रतिक्रिया