सत्ता गठबन्धनको बैठक सुरु, स्थानीय निर्वाचनबारे छलफल हुने

काठमाडौँ । स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सत्ता गठबन्धन दलका शीर्ष नेताहरूबीच बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो ।
निर्वाचन आयोगले वैशाखमा नै निर्वाचन गर्ने गरी मिति तोक्न पटकपटक सरकारलाई सुझाव दिएसँगै सत्ता गठबन्धन बैठक बसेको हो । बैठकमा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव सहभागी भएका छन् ।
सत्ता गठबन्धनको बैठक बस्नुअघि ‘प्रचण्ड’ले माधव नेपालसँग भेट वार्ता गरेका थिए । प्रचण्डले नेपाल निवास कोटेश्वर पुगेर माधव नेपालसँग निर्वाचनबारे वार्ता गरेका हुन् ।
शुक्रबार बसेको गठबन्धनको बैठकले कुनै निष्कर्श निकाल्न नसकेपछि आज बिहान बैठक बसेको हो । बिहान ९ बजे बस्ने भनिएको बैठक केही ढिला गरी सुरु भएको हो ।
















बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री
बल्खु र वंशीघाट क्षेत्रका सुकुम्बासी बस्ती हटाइँदै
प्रदेश स्तरीय बाह्रसिङ्गा ब्याडमिन्टन प्रतियोगिता सुरु
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कती ?
बुद्धको जन्मजयन्तीको शुभकामना दिंदै प्रधानमन्त्री बालेन- ‘साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट सुरु हुन्छ’
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
प्रतिक्रिया