सिडिओलाई गृहमन्त्रीको प्रश्न : शान्ति सुरक्षा र कोभिडको काम के हुँदैछ ?

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले २० जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)सँग टेलिफोन वार्ता गरेका छन् । कोभिड–१९ संक्रमण, शित लहरको अवस्था र सरकारले गरिब तथा अशक्तलाई बचाउन न्यानो कपडा र दाउरा वितरणबारे सिडिओसँग वार्ता गरेका हुन् ।
शनिबार बिहान गृहमन्त्री खाँणले सिडिओहरू मनाङका रविन्द्र आचार्य, डडेलधुराका प्रेमराज जोशी, गोरखाका शंकरहरि आचार्य, ताप्लेजुङका उमेश पाण्डे, बझाङका बाबुराम अर्याल र सोलुखुम्बुका गणेशविक्रम शाहीसँग टेलिफोन वार्ता गरेका थिए । त्यस्तै, मुगुका रोमबहादुर महत, खोटाङका फणिन्द्र दाहाल, ओखलढुंगाका दिलकुमार तामाङ, सुनसरीका इन्द्रदेव यादव, उदयपुरका विरेन्द्रकुमार यादव र पाँचथरका सुरेश न्यौपानेसँग पनि वार्ता गरेका छन् ।
मन्त्री खाँणले सिन्धुपाल्चोकका बेदनिधी खनाल, इलामका माधवप्रसाद ढुंगाना, रसुवाका नवराज जैशी, म्याग्दीका चिरनजीवी राना, लमजुङकका सुशील वैद्य, सप्तरीका गौतम, रौतहटका कृष्णबहादुर शाही र पर्वतका पर्वत देवी पाण्डे खत्रीसँग टेलिफोनमा जिल्लामा कोभिड–१९ संक्रमणको अवस्था, खोप लगाएकाको संख्या, शान्ति सुरक्षाको अवस्था र न्यानो कपडा वितरणबारे जानकारी लिए ।
उनले जिल्ला प्रशासन र जिल्लास्थित सरकारी कार्यालयमा कोभिडको अवस्था, शान्ति सुरक्षाको स्थिति, तराईमा शित लहर र हिमालमा हिमपातको प्रभावमा परेका गरिब र अशक्त नागरिकलाई न्यानो कपडा वितरणको कार्यबारे जानकारी लिएका थिए । सरकारले गत मंसिर १ गते नै रकम खर्च गर्ने अख्तियारीसहित तराईमा शित लहरबाट बच्न र हिमालमा हिमपातबाट बच्न न्यानो कपडा वितरणका लागि निर्देशन पठाएको थियो । त्यो निर्देशनको कत्तिको कार्यान्वयन भयो भनेर मन्त्री खाँण प्रश्न गरे ।
ओखलढुंगाका सिडिओ तामाङले गृह मन्त्रीले टेलिफोनमा जिल्लामा कोभिड संक्रमणको अवस्था, रोक्नका लागि खोप लगाउने कार्य, आइसोलेसन, शान्ति सुरक्षाको अवस्था र न्यानो कपडा वितरणको अवस्थाबारे जानकारी लिएको बताए । ‘मन्त्रीज्यूले बिहान टेलिफोनमा मुख्यगरी जिल्लामा शान्ति सुरक्षाको अवस्था, कोभिड संक्रमण, कोभिडविरुद्धको खोप र शित लहरबारे जानकारी लिनुभयो,’ उनले भने ।
त्यस्तै, सीमा नाकाबाट आउने नागरिकमा कोभिडको संक्रमणबारे पनि मन्त्री खाँणले जानकारी लिए । इलामका प्रजिअ ढुंगानाले सीमाबाट आएका नागरिकमा कोभिडको संक्रमणको अवस्था, निको हुनेहरूको दर, विद्यालय सञ्चालनबारेको अवस्था कस्तो छ भनेर मन्त्री खाणले जानकारी लिएको बताए ।
गोरखाका प्रजिअ आचार्य र रसुवाका प्रजिअ जैशीले हिमपातबाट बच्न नागरिकलाई न्यानो कपडा वितरण, कोभिड संक्रमणको अवस्था र शान्ति सुरक्षाको अवस्थाबारे गृहमन्त्रीले टेलिफोनबाट जानकारी लिएको जानकारी दिए ।













कुलमान, रवि र बालेन एउटै दल भएर चुनाव लड्ने सहमति
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता
९ दलले बुझाए समानुपातिकको सूची
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रतिक्रिया