तम्घासको कोरोना परीक्षण प्रयोगशाला बन्द

तम्घास । गुल्मी सदरमुकाम तम्घासस्थित कोरोना भाइरस परीक्षण प्रयोगशाला बन्द भएको छ । सञ्चालनका लागि रकम अभाव भएपछि चार महिनादेखि प्रयोगशाला बन्द भएको हो ।
कोरोना माहामारीको सुरुआतमा नै भैरहवासम्म स्वाब पठाउनुपर्ने हैरानीले जिल्लाका स्थानीय तहले प्रयोगशाला सञ्चालन गरेका थिए ।
खर्च थेग्न नसकेपछि प्रयोगशाला बन्द गर्नुपरेको गुल्मी अस्पतालका प्रमुख डा उत्तम पच्याले जानकारी दिए । विसं २०७७ असोज ७ गतेदेखि सुरु गरिएको प्रयोगशाला एक वर्षमात्रै सञ्चालन भयो ।
उक्त अवधिमा रु ७१ लाख खर्च भएको थियो । सङ्घीय सरकारले रु १५ लाख तथा जिल्लाका स्थानीय तहले रु ५६ लाख प्रदान गरेका थिए ।
प्रयोगशालाको भौतिक र प्राविधिक व्यवस्थापनमा रु एक करोड ९७ हजार खर्च भएको अस्पतालले जनाएको छ । प्रयोगशाला बन्द भएसँगै स्वाब भैरहवा पठाउनुपर्ने र रिपोर्ट ढिला आउने हुँदा जिल्लामा पिसिआर परीक्षण गर्न सकिएको छैन ।
कोभिड–१९ का सम्भावित बिरामीको जिल्ला अस्पतालमै एन्टिजेन परीक्षण गरिँदै आएको छ । रु ४० लाख जुटाउनसके प्रयागशाला नियमितरुपमा प्रयोगमा ल्याउन सकिने अस्पतालले जनाएको छ ।
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया