राप्रपा केन्द्रीय समिति बैठक फागुन पहिलो साता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आगामी फागुन पहिलो साता काठमाडौँमा हुने भएको छ ।
निर्वाचन आयोगले हालै विधानबाट हिन्दू राष्ट्र र राजसंस्था हटाउनका लागि पठाएको पत्रबारे बैठकमा विशेष छलफल हुने महामन्त्री भुवन पाठकले जानकारी दिए ।
समसामयिक राजनीतिक विषयवस्तु, स्थानीय तहको निर्वाचनमा पार्टीले गर्नुपर्ने तयारीलगायत विषयमा छलफल हुने उनले बताए ।
गत मङ्सिरमा महाधिवेशन सम्पन्न गरेको राप्रपाले दोस्रो पटक कार्यसमितिको बैठक गर्न लागेको हो । एक सय ९९ केन्द्रीय सदस्यको व्यवस्था भएको पार्टीमा २० सदस्य मनोनयन गर्न बाँकी छ । पार्टीले महामन्त्री पाठकको संयोजकत्वमा सात सदस्यीय स्थानीय तह निर्वाचन तयारी समिति गठन गरिसकेको छ ।
उक्त समितिले जिल्ला सभापति, प्रदेश प्रमुख र नगर कार्यसमिति अध्यक्षसँग भरचुल माध्यमबाट बैठक सम्पन्न गरेको छ । पछिल्लो समय कोरोना सङ्क्रमण बढदै गएकाले वाग्मती प्रदेश र प्रदेश नं १ मा विस्तारित बैठक तथा आमसभा हाललाई स्थगन गरिएको उनले बताए ।
राप्रपाले मधेश प्रदेशमा भेला सम्पन्न गरेको भए पनि विस्तारित बैठक रोकिएको छ । कर्णाली प्रदेशमा आमसभा हाललाई स्थगन गरिएको पार्टीले जनाएको छ ।











युद्ध अन्त्यका लागि ट्रम्प–जेलेन्स्की भेट हुँदै
सर्वोच्च अदालतः ‘हदम्याद, तारेख र म्याद थप अनुमति’
फागुन २१ गतेकाे चुनावमा राप्रपाले सक्रिय रुपमा भाग लिन्छ : अध्यक्ष लिङ्देन
कञ्चनपुरमा बाघको आक्रमणबाट वृद्धाको मृत्यु
Yamaha Enters Nepal’s Biggest Pop-Culture Festival as Co-Sponsor
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
कार्यकर्तालाई कार्यवाहक सभापति खड्काकाे आह्वान : चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नू
प्रतिक्रिया