कोपा डेबाट बाहिरियो पीएसजी

काठमाडौँ । निससँग सडनडेथमा पराजित पेरिस सेन्ट जर्मन (पीएसजी) सोमबार कोपा डे फ्रान्सको अन्तिम १६ बाट बाहिरिएको छ । निर्धारित समय गोलरहित बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टी सुट आउट समेत ४–४ भएपछि खेलको छिनोफानो सडनडेथमा भएको हो ।
निसका गोलिकिपर मार्सिन बुल्काले पिएसजीका लियानार्दो प्राडेस र जाभी सिमोन्सको प्रहार रोक्दै टोलीको क्वार्टफाइनल यात्रा पक्का गरेका थिए । बुल्का पिएसजीबाटै लोनमा निस गएका थिए । निसले यस जितसँगै पिएसजीको सबै खाले प्रतियोगिता गरी १४ खेलको अपराजित यात्रासमेत पूर्णविराम लगाइदिएको छ ।
सन् २०११ मा लिललाई १–० को नतिजा सुम्पिएपछि पिएसजीले कोपा डे फ्रान्समा गोल गर्न नसकेको यो पहिलो खेल हो । पिएसजी निससँग पछिल्लो आठ भेटमा अपराजित थियो ।
कोभिड–१९ संक्रमण भएपछि टोलीबाट रहँदै आएका अर्जेन्टिनी स्ट्राइकर सोमबार निसविरुद्धको खेलमा फर्किए पनि पिएसजीलाई क्वार्टरफाइनल पुर्याउन सकेनन् ।
















अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको प्रतिनिधिमण्डल
रुसी पूर्वमन्त्री पोपोभलाई १९ वर्ष जेल सजाय
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ
टोखामा बिस्केट जात्रा अगामी वैशाख १ देखि ४ गतेसम्म मनाइने
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
प्रतिक्रिया