शुक्रबार, वैशाख १८, २०८३

प्रधानन्यायाधीश जबराको सम्पत्ति छानबिनको माग गर्दै गाेबिन्द केसीले गरे पूरक निवेदन दर्ता

मेरोन्यूज २०७८ माघ १८ गते १५:२५

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको सम्पत्ति छानबिनको माग गर्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पूरक निवेदन दर्ता भएको छ।

Advertisement
NiccNicc

चिकित्सा शिक्षाका अभियन्क्ता डाक्टर गोविन्द केसीले जबराका भाइको नाममा अवैध सम्पत्ति आर्जन गरेर काठमाडौंका बिभिन्न ठाउँमा करिब ३० करोड बराबरको घर जग्गा खरिद गरेको देखिएको सूचनासहित आज पूरक निवेदन दर्ता गराएका हुन्।

केसीले गत मंसिर १८ गते जबराको परिवार तथा आफन्तको सम्पत्ति छानबिनको माग गर्दै विभागमा निवेदन दर्ता गराएका थिए।

प्रभुका नाममा २०६७ मंसिर २४ गते ठमेलमा आठ आना जग्गासहितको घर किने र २०७८ असाेज २० गते गोठाटारमा ३० रोपनी जग्गा खरिद गरेको निवेदनमा उल्लेख गरिएको छ।

प्रतिक्रिया