अब राष्ट्रिय परिचयपत्र स्थानीय तहबाटै
मेरोन्यूज
२०७८ माघ १८ गते १६:३३

काठमाडौं । सरकारले राष्ट्रिय परिचयपत्र स्थानीय तहबाट वितरण गर्न सुरु गरेको छ ।
जिल्ला प्रशासन कार्यालयबाट वितरण हुँदै आएको राष्ट्रिय परिचयपत्र अब स्थानीय तहबाट वितरण कार्य सुरु गरेको हो ।
जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको चाप बढेसँगै सरकारले स्थानीय तहबाट राष्ट्रिय परिचयपत्र वितरण थालेको हो ।
ई–पासपोर्ट बनाउन अनिवार्य गरिएपछि सेवाग्राही राष्ट्रिय परिचयपत्र बनाउन रातभर लाइनमा बस्नुपर्ने अवस्था सृजना भएपछि सरकारको आलोचना भइरहेको थियो ।
काठमाडौंको पाँचवटा नगरपालिका र देशभरका अन्य २८ वटा पालिकाबाट सुरु गरिएको राष्ट्रिय परिचयपत्र वितरण कार्यले अरु पालिकाबाट पनि सुरु गर्ने तयारी गरिएको छ ।
काठमाडौमा गोकर्णेश्वर, कागेश्वरी मनोहरा, कीर्तिपुर, चन्द्रागिरी र नागार्जुन नगरपालिकामा स्थायी बसोबास गर्नेहरुको लागि यो सेवा सुरु भएको छ ।
सम्बन्धित

















निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गरायौँः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी
संविधानको धारा ७६ (१) अनुसारको सरकार गठन हुँदै
झापाका समाजसेवी न्यौपाने मृतावस्थामा फेला
पर्सामा एक महिनामा आमाको नामबाट ३३ नागरिकता जारी
‘हात्तीवन-चम्पादेवी’ पदमार्गमा पर्यटकको आकर्षण बढ्दै
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
सेवा प्रवाहमा जिल्ला प्रशासन कार्यालय काठमाडौँको नवीनतम मोडेल उत्कृष्ट
प्रतिक्रिया